Comments Add Comment

बार्सिलोना पूर्व स्टार गुडजोन्सेन पनि चापेकोएन्सबाट खेल्न तयार

eidur-n-ronaldinho

बार्सिलोना र चेल्सीका पूर्व स्टार इडुर गुडजोन्सेनले भनेका छन् कि उनी रोनाल्डिन्होको प्रस्ताव अनुरुप ब्राजिली क्लब चापेकोएन्सका लागि खेल्न तयार छन् ।

आइसल्याण्डका सेन्टर फरवार्ड इडुरले गत साताको बिमान दुर्घटनामा मारिएको ब्राजिली टोलीको सहयोगका लागि फुटबल खेल्ने प्रतिबद्धता जनाएका छन् । ३८ बर्षीय उनी अहिले इण्डियन सकर लिग आइएसएलमा पुने सिटीका लागि खेलिरहेका छन् ।

चापेकोएन्सका लागि च्यारिटी फुटबल खेल्ने अभियानका उनी पछिल्ला पात्र हुन् । यसअघि ब्राजिलियन सुपरस्टार रोनाल्डिन्हो र अर्जेन्टाइन अभिनेता जुहान रोमनले पनि चापेकोएन्सका लागि आफू उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दक्षिण अमेरिकी क्लब फुटबल प्रतियोगिता कोपा सुडामेरिकाना अन्तर्गत कोलम्बियाको एथ्लेटिको नेशनलबिरुद्ध फाइनल खेल्न चापेकोइन्सका टोली त्यसतर्फ जाँदा बिमान दुर्घटनामा परेको थियो । दुर्घटनामा टिमका एक जनाबाहेक सबैको निधन भएको थियो ।

फाइनल प्रतिद्धन्दी एथ्लेटिकोले दुर्घटनामा परेका खेलाडीहरुको सम्मानमा प्रतियोगिताको ट्रफी चापेकोएन्सलाई प्रदान गर्ने प्रस्तावको प्रतियोगिता आयोजक समितिले स्वीकार गरेको छ ।

यता ब्राजिलको ए डिभिजनमा रहेको चापेकोएन्सलाई अन्य क्लकहरुले फि्र लोन ट्रान्सफरको प्रस्ताव गरेका छन् । साथै लिगमा चोपेकोएन्सी आगामी तीन सिजनसम्म रेलिगेट नहुने गरी नियम संशोधन गरिएको छ ।

दुर्घटनामा परेको टिम र क्लबको पुनर्उत्थानका लागि विश्व फुटबलले अहिले एकता प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment