Comments Add Comment

बुद्धले नयाँ जहाज ल्याउने, फ्रान्सेली कम्पनीसँग सम्झौता

buddha-air
२० मंसिर, काठमाडौं । बुद्ध एयरले नयाँ जहाज थप गर्ने भएको छ । यसले ७२ सिट क्षमताको एटीआर ७२- ५०० सिरिजको नयाँ जहाज किन्न लागेको हो ।

यो जहाज खरिद गर्नको लागि बुद्ध एयरले फ्रान्सेली जहाज निर्माता कम्पनी एटीआरसँग सम्झौता गरिसकेको छ ।

आगामी माघमा यो जहाज काठमाडौं ल्याउने बुद्ध एयरको तयारी छ । साथै यसलाई फागुन महिनाबाट भने सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ ।

नयाँ जहाजमा पिडब्लु १२७ इन्जिन जडान गरिने भएको छ । यो विमान माघ १८मा काठमाडौं आइपुग्दैछ । आन्तरिक उडानमा झण्डै ७० प्रतिशत हिस्सा ओगटेको बुद्ध एयर, सहज र सुरीषत यात्राका लागि अब्ब्ल सावित हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment