Comments Add Comment

फ्रेस फेसः ‘लुट २’कि एलिसा भन्छिन्-‘तिम्रो ट्याटु खै भनेर सोध्छन्’ ?(भिडियो कुराकानी)

alisha-rai
करिब ५० भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरेकी एलिसा राई चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीतबाट चर्चामा छिन् । यो गीतमा आइटम नृत्य गरेपछि एलिसा दर्शक, चलचित्रकर्मी र मिडियाको नजरमा परेकी हुन् ।

अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्ने क्रममा एलिसाले आफूलाई सानैदेखि कलाकारितामा सोख रहेको बताइन् । उनले भनिन्-‘म सानैबाट एकदमै चुलबुले थिएँ । नाच्ने, अभिनय गर्ने गर्थेँ ।’

अडिसन दिएर ‘लुट २’को आइटम गीत गर्ने अवसर पाएकी एलिसाले क्यामेरा अगाडि काम गर्नु आफूले सोचेजस्तो नहुने बताइन् । भनिन्-‘मैले सोचेजस्तो सजिलो रहेनछ । अझै धेरै कुरा मिहिनेत गर्नुपर्छ भन्ने लाग्यो । यसैले अहिले अभिनय सिक्न थालेकी छु ।’

एलिसासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

नेपाली चलचित्रमा उनलाई नायिका रेखा थापा बोल्ड एवंम पावरफूल लाग्छ उनलाई । नायिका प्रियंका कार्कीको पहिरन शैलीले उनलाई तानेको छ । नायिका नम्रता श्रेष्ठको अभिनयबाट पनि उनी प्रभावित छिन् ।

एलिसा आफूलाई नायिका भन्दा पनि कलाकार बन्न मन लागेको बताउँछिन् । उनले अनलाइनखबरसँग भनिन्-‘मलाई अभिनय देखाउन मन छ । चलचित्रको पर्दामा मलाई शहरिया यूवती भन्दा पनि गाउँले यूवतीको भूमिका गर्न मन छ ।

दर्शकले, एकछिन हेरेर मनोरञ्जन लिनु भन्दा पनि लामो समयसम्म मनमा राखुन् भन्ने लाग्छ ।’ एलिसालाई भेट्नेले सोध्ने गर्छन्-‘तपाइको ट्याटु खै त ?’ आइटम गीतमा ट्याटु देखिएपनि त्यो वास्तविक भने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment