Comments Add Comment

साहरुख र सलमानले लिए ३-३ करोड पारिश्रमिक

srk-and-salman
आइतबार राती मुम्बइमा आयोजना भएको ‘स्टार स्त्रिmन अवार्ड’ संचालनका लागि बलिउडका २ चर्चित सुपरस्टार स्टेजमा उभिए । नायकद्धय साहरुख खान र सलमान खानले एकसाथ कार्यक्रमको होस्ट गरे । साहरुख र सलमानका कारण अवार्डले उचाई पाउनु स्वभाविक नै थियो । ५ बर्ष लडाई गरेर बोलचाल बन्द गरेका यी दुइ अहिले मिल्ने साथी बनेका छन् ।

सलमान र साहरुख एकसाथ स्टेजमा आएपछि उनीहरुले पारिश्रमिक पनि चर्को लिए होलान् ? भारतीय मिडियाका अनुसार यो अवार्ड शो होस्ट गरेका साहरुख र सलमानले समान ३-३ करोड पारिश्रमिक लिएका छन् । भारतमा अवार्ड शो होस्ट गरेरै कलाकारले उल्लेख्य आम्दानी गर्ने गर्छन् । अब, बलिउडमा अवार्डको सिजन सुरु भएको छ । यसैले पनि, चर्चित कलाकारको कमाइमा वृद्धि हुन्छ ।

अवार्डमा विभिन्न रुपमा प्रस्तुत भएका यी दुइले भरपुर मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment