Comments Add Comment

ब्लाटरको प्रतिवन्ध ६ वर्षमा झारियो

Sepp-Blatter

२० मंसिर, काठमाडौं । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि ६ वर्षे प्रतिवन्ध कायमै राखेको छ ।

फुटबलसम्वन्धी कुनै पति गतिविधिमा संलग्न हुने लगाइएको प्रतिवन्धविरुद्ध ८० वषर्ीय ब्लाटरले कोर्ट अफ अर्बिट्रेसन फर स्पोटर्स (सीएएस) मा अपील गरेका थिए ।

सीएएसले ब्लाटरको ८ वर्षे प्रतिवन्धलाई ६ वर्ष कायम गरेको छ ।

र, १७ वर्षसम्म फिफाको अध्यक्ष रहेका ब्लाटरले यो फैसला स्वीकार गर्ने बताए । उनले भने, फिफामा मेरो ४१ वर्षको अनुभवन छ । मैले जित्नसँगै हार्न पनि सिकेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment