Comments Add Comment

आजका पत्रपत्रिकामा सम्पादकीय र विचारः संशोधनले निम्त्याएको ध्रुवीकरण

writing1२१ मंसिर, काठमाडौं । आजका दैनिक पत्रपत्रिकामा संविधान संशोधन लगायतका विषमा विचार र सम्पादकीय प्रकाशन भएका छन् ।

आजको नागरिक दैनिकमा तराई पहाडको दूरी शीर्षकमा डा. सुभाष पोखरेलको विचार प्रकाशन भएको छ । त्यस्तै डा. देवीप्रसाद सुवेदीले घाइते देश र चित्रबहादुर, राम्रा न्यायाधीशको खोजीलगायतका विचार प्रकाशन भएका छन् । आजको नागरिक दैनिकले संसदमा नेताहरुले बोल्ने आपत्तिजनक अभिव्यक्तिबारे सम्पादकीय प्रकाशन गरेको छ ।

आजको अन्नपूर्णमा विवादमा राजदूत शीर्षकमा सम्पादकीय प्रकाशन गरेको छ । त्यस्तै केशवप्रसाद भट्टराई असफल र असफल राष्ट्रका शिक्षा शीर्षकमा विचार प्रकाशन भएको छ । विष्णु सुवेदीको लुम्बिनी टुक्र्याउने खेल, संघीयता र प्राकृतिक स्रोतबारे को विचार प्रकाशन भएको छ ।

आजको कान्तिपुर दैनिकले विदेशमा नियोग संरचना निर्माण शीर्षकमा सम्पादकीय प्रकाशन गरेको छ । कृष्णप्रसाद पौडेलको विचार भद्रगोल राजनीतिले निम्त्याएको बेथिति प्रकाशन भएको छ । त्यस्तै राजेन्द्र महर्जनको सत्ता सापेक्ष व्याख्या र संघर्षको आगो शीर्षकको विचार प्रकाशन भएको छ ।

नयाँ पत्रिकाले तमलोपाका उपाध्यक्ष हृदयश त्रिपाठीको दृष्टिकोण प्रस्तावमा सुधार गरेर जान सकिन्छ शीर्षको लेख प्रकाशन गरेको छ ।  त्यस्तै सूर्य थापाको संशोधनले निम्त्याएको ध्रुवीकरण शीर्षकको विचार प्रकाशन भएको छ । आजको नयाँ पत्रिकाले किसानमैत्री विज्ञान प्रविधि विषयमा सम्पादकीय प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment