Comments Add Comment

डीसी तामाङ समाजमा उत्तर लामा सभापतिमा निर्वाचित

dc-tamang-samjवाशिंटन डीसी । तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ । र ,अन्य पदहरु पनि सर्ब सम्मतीबाट चयन भएको छ ।

बार्षिक साधारण सभा तथा संस्थाका निर्वाचन अधिकृत नेत्र घिसिङले उपस्थित साधारण सदस्य तथा आमन्त्रीत अतिथिहरुका समुपस्थितीमा नया समितिको चुनाब परिणाम तथा पदाधिकारिहरूको बारेमा जानकारी दिए ।

अन्य पदपुर्ती भएता पनि जन सम्पर्क अधिकारि रिक्त रहेको बताए । उक्त सभामा भर्खर अवधी समाप्त भएको समितिले बुझ बुझारथ बुझाएको छ ।

नव निर्वाचित सभापती उत्तर लामाले संस्थालाई अझ माथि लाने प्रतिबद्धता जाहेर गरेका छन भने समिती हाम्रो मात्र नभएकोले सबैको साथ चाहिने बताए । र सबै एक जुट हुनु पर्ने कुरामा जोड दिदै आफुले जानेका अनुभव हामीलाई हिस्सा गर्न आग्र्ह गरे ।

नयाँ कार्यकारी समितिमा चयन हुनेहरूमा अध्यक्ष पदमा उत्तर लामा ,उपाध्यक्षमा फाैद सिंह लामा तथा सचिबमा सन्दीप मान लामा रहेका छन । यसै गरी सह-सचिबमा अामोद घिसिङ तथा कोषाध्यक्षमा नैनीदेबी तामाग सर्बसम्मतीबाट चयन भएका छन ।

यसै गरी सदस्यहरुमा दाबा लामा ,भिम तामाङ ,प्रबिन मोक्तन ,गिता तामाङ ,रीतु तामाग तथा किरन लामा निर्वाचित भएका छन l प्रबिधिक अधिकृतमा देव कुमार लामा निर्वाचित भएका छन ।

सस्थापक अध्यक्ष डा श्याम लामाले नया कार्य समितिलाई शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष अनन्दु लामा लामो समयको लागी नेपाल फर्केको जानकारी गराउदै सस्थाको बैक खातामा रहेको रकम $ ८ हजार ५ सय २३ डलर नया कार्यकारि समितिलाई हस्तान्तरण गरेको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment