Comments Add Comment

सिड्नीमा भवन भट्टले भने, तपाईंहरुले चाहेको खण्डमा मात्र म अध्यक्षको उम्मेदवार

bhaban-bhatta-1सीड्नी । गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको नेतृत्व लिन आफु तयार रहेको बताएका छन् ।

सिड्नीमा उनको स्वागतमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, म नभइ हुँदैन भन्ने मेरो कुनै दावी छैन, अध्यक्ष नहुँदा पनि यो अभियानमा सक्रिय सहभागी हुन सकिन्छ, तपाइँहरुले चाहनुभयो, मैले तपाइँको अपेक्षा पुरा गर्न सक्छु भन्ने लाग्यो भने मात्र म उम्मेदवार हुन्छु ।’

गैरआवासीय नेपाली संघको अधिवेशन आगामी सेप्टेम्बरका लागि तय गरिएको भए पनि अध्यक्षका प्रत्यासी मानिएका दुई उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले अहिलेदेखि नै चुनावी अभियान थालिसकेका छन् ।

भट्टले आफु चुनावी अभियानमा लागिनसकेको दावी गरेपनि  त्यहाँ उनले ब्यक्त गरेका अभिब्यक्ति नितान्त चुनावी रौनक प्रतित हुन्थ्यो ।

आफु सन् २००३ देखि नै गैरआवासीय नेपाली अभियानमा  लागेको र सधैजसो चुनावमा चमत्कार गरिरहेको भन्दै उनले आगामी चुनावमा त्यही हुनसक्ने संकेत गरे ।

गैरआवासीय नेपाली संघका काम र एजेण्डामा खासै केन्द्रीत नभएका भवनले अनौपचारिक र आत्मीय प्रस्तुती गरेर सहभागीको मन जित्न कोसिस गरेका थिए । एनआरएनमा आफ्नो योगदान र जापानमा आर्जित ब्यक्तिगत सफलतालाई प्रस्तुत गर्दै उनले आफु नेतृत्वका लागि योग्य भएको जनाउ दिएका थिए ।

bhaban-bhatta-2गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेको लाप्राक नमुना वस्ती, गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय निर्माण लगायतका बिषयमा उनले संक्षिप्त टिप्पणी गरेका थिए । लाप्राक वस्ती निर्माणमा अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ लागिरहेको भन्दै भवनले त्यसलाई सफल बनाउन लाग्नुपर्ने बताए । साथै उनले भवन निर्माणका लागि कवुल गरिएको रकम छिटो पठाउन पनि आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले उनको उम्मेदवारी, भूकम्पका लागि जापानमा संकलन गरिएको रकम आफ्नै खातामा राखेको आरोप, बीबी एयरवेजको पुनः सञ्चालन र सुरुङमार्गमा भएको भनिएको बिबादबारे प्रश्न राखेका थिए ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारी र सिड्नीस्थित नेपाली समुदायका अगुवाहरुको उपस्थीति रहेको कार्यक्रममा एनआरएन संरक्षक इन्द्रा वन, प्रवक्ता रञ्जु थापा वाग्ले, युवा संयोजक विजय पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल,उपाध्यक्ष दिनेस पोखरेल  लगायतले सम्बोधन गर्दै उपाध्यक्ष भट्टलाई स्वागत गरेका थिए ।

हालै सिड्नीमा सम्पन्न नेपाल महोत्सवमा प्रायोजकसमेत बनेका भट्टलाई सो योगदानका लागि मायाको चिनोसमेत सोही कार्यक्रममा प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment