Comments Add Comment

जयललिताः चलचित्रकी नायिकादेखि तमिलनाडूकी अामासम्म

jayalalita-7मुम्बई । जे. जयललिता, राजनीतिमा मात्रै नभएर चलचित्र क्षेत्रमा पनि यो नामलाई कुनै परिचय दिनु जरुरी छैन । राजनीति होस् या फिल्म, उनले आफ्नो अलग पहिचान बनाएकी थिइन् । तामिलनाडूका महिलाका लागि त उनी भगवानसरह थिइन् । अब उनी रहिनन् ।

सोमबार राति तमिलनाडूकी मुख्यमन्त्री जय ललिताको निधन भयो । उनको आजै अन्त्येष्टि हुँदैछ । भारतमा राष्ट्रिय शोक घोषणा गरिएको छ र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी जयललितालाई अन्तिम श्रद्धाञ्जली दिन जाँदैछन् ।

फिल्मी करिअर

सन् १९६० मेमा मयलापोरको एक सभामा जय ललिताले पहिलोपटक आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमका मुख्य अतिथि थिए फिल्मस्टार शिवाजी गनेशन । शिवजीले उन कि आमासँग भने ‘जय ललिता फिल्मस्टार बन्छिन् । जय ललिताले राजनीतिक जीवनमा धेरै उतार–चढाव झेलिन् । उनका फिल्मी सफर पनि उस्तै रोचक थियो ।

jayalalita-2जयललिताले अंग्रेजी, हिन्दी, कन्नड, तमिल, तेलुगु, मलयाली फिल्ममा काम गरेकी थिइन् । शास्त्रीय संगीतमा प्रशिक्षण लिएकी एक निपूर्ण नर्तकी जय ललीता टेण्डसेटर नायिकाका रुपमा समेत चिनिन्थिन् ।

फेब्रुअरी २४, १९४८ मा जन्मेकी जय ललिताले १३ वर्षको उमेरमा फिल्मसँग नाता गाँसेकी थिइन् । पहिलोपटक उनले कन्नड फिल्म ‘श्री शायला महाथमें’ मा तीन मिनेट अभिनय गरेकी थिइन् । सन् १९६२ मा हिन्दी फिल्म मनमौजीमा अभिनय गरिन् । उक्त चलचित्रमा किशोर कुमार र साधनाले अभिनय गरेका थिए ।

jayalalita-3सन् १९६४ मा ‘चिन्नडा गोम्बे’ उनको पहिलो कन्नड फिल्म थियो । सोही वर्ष उनको पहिलो तेलुगु फिल्म ‘मनुशुल मामाथालु’ रिलिज भयो । सन् १९६५ मा रिलिज भएको वेन्नीरा आडाई उनको पहिलो तमिल फिल्म थियो । उक्त फिल्म हिट भयो ।
तमिल फिल्मकी रानी भनिने जयललिता ती नायिका हुन्, जसले ठूलो पर्दामा केही बोल्ड सीन दिएकी छिन् ।

जयललिता ती नायिका हुन्, जसले ठूलो पर्दाम स्कर्ट र स्लीवेस ब्लाउज लगाएर अभिनय गरिन् । उनी सुटिङमा जाँदा जहिल्यै किताब लिएर जान्थिन् । उनलाई अंग्रेजी उपन्यासप्रति निकै रुची थियो ।

जब उनले मरुधुर गोपालन रामाचन्द्रन ‘एमजीआर’सँग काम गर्न सुरु गरिन् । उनको छवि बदलियो । यी निर्देशक र नायिकाले २५ भन्दा बढी फिल्ममा काम गरे ।

तिनै एमजीआर हुन्, जसले जयललितालाई राजनीतिसँग पनि जोडिदिए । त्यसो त एमजीआर आफैं पनि तमिलनाडुको मुख्यमन्त्री बने ।

jayalalita-8सन् १९८६ मा चलचित्र ‘इज्जत’ मा जयललिताले धर्मेन्द्र र साधनासँग काम गरिन् । सन् १९७२ मा उनले शिवाजी गनेशनका साथ काम गरिन् । चलचित्र पट्टिकडा पट्टानामा’ मा । यस फिल्मले नेशनल अवार्ड पायो । जयललिताले फिल्मफेयर अवार्ड पाइन् ।

जयललिताले १२५ बढी फिल्ममा काम गरिन् । उनका एक सय बढी फिल्म हिट भएका छन् । उनी मात्रै त्यस्ती तमिल नायिका हुन्, जसको फिल्मले सबैभन्दा धेरै सिल्भर जुब्ली हिट्स मनाएको छ । केही फिल्ममा उनले गाएकी पनि छिन् ।
जयललिता आफ्नै आमा र एमजीआरबाट निकै प्रभावित थिइन् । उनकी आमा पनि अभिनेत्री थिइन् ।

भारतीय राजनीति र चलचित्रमा उनको प्रभाव कति थियो भन्नका लागि विगतका केही घटना आफैंमा काफी छन् । सन् २०१४ मा जब जयललिता धेरै सम्पत्ति जोडेको अभियोगमा जेल परिन् । उनका २४४ समर्थकहरुले आत्महत्या गरे । उनलार्इ तमिलनाडूका जनताले ‘तमिलनाडू की अम्मा’ भन्थे ।

राजनीतिमा सफलः चार कार्यकाल मुख्यमन्त्री

Jayaram Jayalalithaजयललिताको जन्म ब्राह्मण परिवारमा भएको थियो । दुई वर्षको हुँदा उनका बुबाको निधन भएको थियो । पढाइमा राम्रो गरेकै कारण उनकी आमाले उनलाई फिल्ममा काम गर्ने अनुमति दिएकी थिइन् ।

जयललिता त्यस्ती नायिका हुन्, जसले दक्षिण भारतका लगभग सबै सुपरस्टारसँग काम गरिन् । उनले एमजी रामचन्दन अर्थात एमजीआरसँग पनि काम गरिन् । जब एमजी रामचन्द्रन राजनीतिमा प्रवेश गरे, जयललितालाई पनि साथैमा लिएर गए ।

सन् १९८२ मा उनले अन्ना द्रमुकको सदस्यता ग्रहण गरिन् । सन् १९८३ मा पार्टीको प्रचार प्रमुख बनिन् र विधायक पनि ।

सन् १९९१ मा राजीब गान्धीको हत्यापछि भएको विधानसभाको चुनावमा जयललिताले कांग्रेससँग चुनाबी सम्झौता गरेर लडिन् । २३४ सिट मध्ये २२५ सिट लिइन् र मुख्यमन्त्री बनिन् । उनी चार पटक तमिलनाडुको मुख्यमन्त्री बनिन् ।

यसै वर्षको सेप्टेम्बरमा उनी चेन्नइको अपोलो अस्पताल भर्ना भएकी थिइन् । सोमवार राति ११-३० बजे उनको निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment