Comments Add Comment

बाह्रसिंगालाई पिज्जा डेलिभरी तालिम ! (भिडियो सहित)

आगामी दिनमा अब कुनै जंगली बाह्रसिंगा मृग तपाइँको घरबाहिर पिज्जा बोकेर आयो भने अचम्म नमान्नुहोला ।

pizzaप्रतिस्पर्धाको यो दुनियामा हर व्यवसायी चाहन्छ की आफ्नो व्यवसाय अरुको भन्दा धेरै सफल होस्, फरक होस् अनि ग्राहकहरुको नजरमा फरक पहिचान कायम गर्न सकियोस् ।

यहीँ लहडमा एउटा जापानी पिज्जा कम्पनीले अनौठो प्रयोग गर्दैछ । पिज्जा कम्पनी डोमिनोज बाह्रसिंगा मृगलाई पिज्जा डेलिभरीको तालिम दिइरहेको छ ।

हिउँ परेको तथा निकै चिसो याममा पनि ग्राहकको माग अनुसार पिज्जा समयमै डेलिभरी गर्न सकियोस् भनेर बाह्रसिंगाको प्रयोग गर्ने सोँच कम्पनीको छ । आगामी क्रिसमसमा बाह्रसिंगाबाट पिज्जा डेलिभरी गराउने तयारी कम्पनीको छ । स्मरण रहोस् यसअघि कम्पनीले ड्रोनबाट पिज्जा डेलिभरी गराउँदै आएको छ ।

कम्पनीले एउटा भिडियो सार्वजनिक गरेको छ जसमा कर्मचारीहरुले बाह्रसिंगालाई तालिम दिइरहेका छन् । बाह्रसिंगा चिसो तथा हिमपातग्रस्त क्षेत्रमा पनि सजिलै जान आउन सक्छ । पिज्जा डेलिभरी गर्ने मृगमा जिपिएस जडान गरिनेछ । जसबाट जिपिएस आफ्नो लक्ष्यमा पुगेको र बाटोे नबिराएको निश्चित गर्न सकिनेछ ।

बाह्रसिंगाले ८० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिएर पिज्जा डेलिभरी गर्न सक्ने कम्पनीका कर्मचारी बताउँछन् ।
भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment