Comments Add Comment

धेरै बच्चा जन्माउन उक्साउँदै ट्राभल कम्पनीको यस्तो भिडियो (भिडियो सहित)

familyआजको युग प्रविधिसँगै विज्ञापनको युग पनि हो । थरीथरीका कम्पनीहरुले नयाँ नयाँ आइडियासँगै विज्ञापन प्रकाशन गर्दछन् ।

यस्तै एक विज्ञापन डेनमार्कको ट्राभल कम्पनी स्पाइस ट्राभलले लञ्च गरेको छ । कम्पनीले जारी गरेको उक्त विज्ञापनिक भिडियो निकै लोकप्रिय बनिरहेको छ ।

उक्त विज्ञापनमा कम्पनीले मानिसहरुलाई धेरै बच्चा जन्माउनका लागि उक्साइरहेको छ । जोडीहरुका लागि यो कमपनीले आफ्नो प्याकेजमा छुट पनि उपलब्ध गराएको छ ।

स्मरण रहोस् डेनमार्कको जनसंख्या कम छ र त्यहाँका नागरिकहरुमा पहिलो बच्चा जन्माउने उमेर नै २९.१ वर्ष रहेको छ । बच्चा जन्माउने दरमा आएको कमीबाट चिन्तित हुँदै कम्पनीले यस्तो अभियान चलाएकोे छ ।

कम्पनीले आफ्नो अभियानको पहिलो भिडियो सन् २०१४ मा डू इट फर डेनमार्क नामबाट पोस्ट गरेको थियो । दोश्रो भिडियो डू इट फर मम नामबाट आयो । तेश्रो भिडियो चाहीँ डू इट फरएभरको नामबाट आएको  छ ।

पहिलो भिडियो सार्वजनिक भएसँगै राजधानी कोपनहेगनमा स्थानीय निकायहरुले समेत यसबारेमा जागरुकता तथा प्रचार प्रसार गरे । सोही विज्ञापनको प्रभावले होला सन् २०१४ को तुलनामा सन् २०१५ मा १२ सय बढि बचचा जन्मिए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment