Comments Add Comment

नेपालीलाई समस्यामा पार्ने साउदीका कम्पनीलाई ‘ब्ल्याकलिष्ट’मा राखिँदै

Blacksted company
२१ मंसिर, काठमाडौं । सरकारले साउदी अरबेयिामा नेपाली कामदारलाई समयमै तलव भुक्तानी नगर्ने कम्पनीहरुलाई ‘ब्ल्याकलिष्ट’ मा राख्ने भएको छ ।

साउदीमा नेपाली कामदारले अलपत्र पर्ने क्रम झन बढ्दै गएपछि श्रम तथा रोजगार मन्त्रालयले साउदीमा नेपाली कादारले बढी दुःख पाएका कम्पनीहरुलाई कालो सूचीमा राख्न लागेको हो ।

अब कालोसूचीमा राखिनेा कम्पनीमा नेपाली म्यानपावरले कामदार पठाउन पाउने छैनन् । सरकारले ति कम्पनीमा जान कामदारलाई श्रम स्वीकृति पनि नदिने वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराइले जानकारी दिइन् ।

किन ?

‘नेपालीको अवस्था दयनीय भएका कम्पनीमा अब कामदार पठाउन हुँदैन् भनेर यो निर्णय भएको हो । त्यही कम्पनीमा अरु नेपाली पनि पुग्ने र कष्ठ भोग्ने वातावरण बन्न दिनु हुँदैन’ भट्टराईले भनिन्-‘अब केही दिनमै ति कम्पनीको सूची सार्वजनिक गरेर हामी ब्याक लिष्टेड भएको जानकारी गराउँछौं ।’

अहिले सबैभ्न्दा धेरै कालोसूचीमा मलेसियाका कम्पनीहरु छन् । साउदीका २ वटा कम्पनीमात्रै यो सूचीमा छन् ।

अहिले रियादस्थित नेपाली दूतावासले नेपालीलाई बारम्बार समस्या भएकाले कालोसूचीमा राख्नुपर्ने कम्पनीको विवरण तयार गर्दैछ । त्यो सूची प्राप्त हुनासाथ ति कम्पनीमा नेपाली पठाउन पूर्ण रुपमा बन्द गरिने प्रवक्ता भट्टराईले जानकारी दिइन् ।

एजेन्ट म्यानपावर कम्पनीलाई शर्त

अब सरकारले आफूले पठाएका कामदारको जिम्मा सम्झौता अवधिभर जिम्मा लिन र अप्ठोरो परे आफैंले नेपाल झिकाउन म्यानपावरलाई नै जिम्मेवारी दिने भएको छ ।

साउदीका कामदार सप्लाइ गर्ने रिक्रुटमेन्ट (बिचौलिया) कम्पनीले कामदार लैजाँदा तोकिएको समयअवधिभित्र काम नदिए एक्जिक्ट भिसा र हवाइ टिकट दिएर कामदार फर्काउनुपर्ने निर्णय भएको छ ।

यसको ग्यारेन्टी पठाउने म्यानपावरले नै त्यस्ता एजेन्सीसँग लिनुपर्ने व्यवस्था गर्न लागिएको छ । पछिल्लो समयमा यस्ता एजेन्टहरुले लगेका नेपाली कामदार रोजगार नै नपाएर साउदीमा अलपत्र पर्ने क्रम उच्च भएको छ ।

त्यसैकारण श्रम तथा रोजगार मन्त्रालयले कामकारको सप्लाइ गर्ने दलाल कम्पनीमा कामदार नपठाउने निर्णय गरेको हो । नेपाली म्यानपावरले खाडीका देशमा सक्रिय भारतीय, पाकिस्तानी, बंगालीलगातय विभिन्न देशका एजेन्टसँग पैसा लिएर नेपाली कामदार पठाइरहेका छन् ।

कामदार पठाउँदा काम गर्ने कम्पनी नै तोकिएको हुँदैन । तर, वैदेशिक रोजगार विभागका अधिकारीसँगको मिलेमतोमा कामदारलाई श्रम स्वीकृति दिइन्छ ।

१ हजार बढी अलपत्र

साउदीमा पुगेपछि एजेन्टहरुले धेरै कादारलाई जोखिमपूर्ण र अप्ठेरो काममा लगाउने क्रम निकै बढ्दो छ । कतिले त काम पाएका छैनन् भने कतिलाई अलपत्र छाडेर एजेन्ट नै भागिरहेका छन् ।

नेपाली म्यानपावरले पनि आफूले पठाएका कामदारको कुनै गुनासो सुन्दैन । साउदीमा पछिल्लो समयमा  कामदारलाई साउदीमा भनेजति तलब नदिने मात्रै होइन, समयमै तलव नदिने ठूलो समस्या छ ।

अहिले साउदीका खराब कम्पनीमा कार्यरत १ हजारभन्दा बढी नेपाली कामदार अलपत्र छन् । सरकारलाई औपचारिक उद्धारको अपील गरे उनीहरुलाई सरकारले चासोसम्म देखाएको छैन ।

केही समययाता साउदीको वैदेशिक रोजगारीमा संकट छ । विशेष गरेर निर्माण र सप्लाइ रिक्रुटमेन्टहरुमा ठूलो समस्या छ ।

यो पनि पढ्नुस्

विदेश जाँदै हुनुहन्छ ? यी हुन् ‘ब्ल्याक लिस्टेड’ कम्पनी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment