Comments Add Comment

गाविसको न्यूनतम शर्तमापन तथा अभिमुखीकरण

२१ मङ्सिर, बैतडी । गाउँ विकास समितिको न्यूनतम शर्त मापन तथा कार्यसम्पादनसम्बन्धी अभिमुखीकरण कार्यक्रम  बैतडीमा सम्पन्न भएको छ ।

जिल्ला विकास समितिको आयोजनामा गाविस सचिव र स्वतन्त्र मूल्याङ्कनकर्ताका लागि अभिमुखीकरण सम्पन्न भएको हो । गाविसको न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मापनमा हेर्नुपर्ने विषय, सूचकलगायतका विषयमा छलफल भएको छ ।

न्यूनतम शर्तका सातवटा सूचक र मापन विधिका बारेमा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विक्रमबहादुर चन्द र कार्यसम्पादन मापनका १३ सूचक, अङ्कभार र मापन विधिका बारेमा जिल्ला विकास समितिका योजना अधिकृत सूर्यप्रसाद शर्माले सहजीकरण गरेका थिए ।

स्थानीय निकाय बित्तीय आयोगको सचिवालयले प्रत्येक वर्ष स्थानीय निकायको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन गर्दै आएको छ । न्यूनतम शर्त पूरा नगर्ने स्थानीय निकायको अनुदान समेत कटौती हुने गरेको छ ।

न्यूनतम शर्तअन्तर्गत स्थानीय निकायको योजना तथा बजेट स्वीकृति, वार्षिक प्रगति समीक्षा, अनुदानको उपयोग तथा आयव्ययको अभिलेख, अन्तिम लेखा परीक्षण, जिन्सी व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रम र कर्मचारी व्यवस्थापनको मापन गरिन्छ ।

यस्तै, कार्यसम्पादनअन्तर्गत सहभागितात्मक गाउँ विकास योजना तर्जुमा, निकासा र खर्चको अवस्था, लक्षित समूह र क्षेत्र विकास कार्यक्रमको बजेट विनियोजन र खर्च, आयव्यय विवरण सार्वजनिक, सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन, व्यक्तिगत घटनाको दर्ताको अभिलेख, गाविसको वस्तुस्थितिको विवरण मापन गरिन्छ ।

यस्तै, नागरिक बडापत्र, सार्वजनिक परीक्षण, जाँचपास फरफारक, आन्तरिक स्रोत व्यवस्थापन सार्वजनिक सुनुवाइ र पेस्की र बेरुजुको अवस्थाका बारेमा पनि मापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment