Comments Add Comment

घरको खाना छाडेर महिनाको १ लाख केमा खर्च गर्दैछिन् श्रद्धा कपुर ?

shradha-kapoor
नायिका श्रद्धा कपुर अहिले आफ्नो फिटनेशमा विशेष ध्यान दिइरहेकी छिन् । श्रद्धा कपुरका लागि अहिले घर बाहिरको खाना मगाउन थालिएको छ । बलिउडमा आफूसागै प्रतिस्पर्धी नायिका बढेपछि श्रद्धाले अभिनयसागै फिटनेशनमा पनि ध्यान दिन थालेकी हुन् ।

यसका लागि श्रद्धाले प्रत्येक महिना १ लाखको खाना बाहिरबाट मगाउन थालेको भारतीय मिडियामा उल्लेख छ । उनको टिफिनमा ६ प्रकारका मिल्स समावेश छ । यसमा प्रोटिन, नट्स, वीन्स, सलाद लगायतलाई मिश्रण गरिएको छ । श्रद्धा घरको खाना छाडेर बाहिर खाना खाएर दुब्लाउन चाहन्छिन् ।

उनले सेलिब्रेटी ट्रेनर र न्यूटि्रसियन समेत राखिसकेकी छिन् । यसका साथै, उनले विशेष टिफिनका लागि १ लाख खर्च गरिरहेको मिडियाको दाबी छ ।
श्रद्धा आफू अझै फिट रहन चाहन्छिन् । एकपछि अर्को लभस्टोरी चलचित्रमा काम गर्न थालेपछि श्रद्धा आफ्नो फिटनेशमा सजग हुन थालेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment