Comments Add Comment

अमेरिका पुगेर वनमन्त्रीले भने- प्रवासी नेपालीलाई राज्यले उचित सम्मान गर्नुपर्छ

shankar-bhandari

अमेरिका । वन तथा भू-संरक्षण मन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने बताएका छन् ।

अमेरिकाको लसएञ्जलस स्थित नेपाल-अमेरिका एकता समाजको वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले प्रबासमा रहेका नेपालीहरुलाई राज्यले अपहेलना नगरेको बताए । उनले जन्मभूमी छाडेर प्रवासमा रहेका नेपालीहरुलाई आफ्नै ठाउँ र्फकन राज्यले उचित बातावरण तयार गर्नुपर्ने भनाई राखे ।

राजनीतिक गतिरोध अन्त्य र अहिलेको समस्या समाधानका लागि प्रमुख राजनीतिक दलहरुले एकै ठाउँमा रहेर सम्बादको माध्यमबाट साझा निकास खोज्नु पर्ने मन्त्री भण्डारीले बताए ।

नेपाल अमेरिका एकता समाजको अध्यक्ष सुर्य प्रसाईको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा महासचिब डोल्मा लामाले संस्थाको वाषिर्क प्रतिबेदन तथा कोषाध्यक्ष अन्जना बस्नेत पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी राजेन्द्र शिवाकोटी, आजिबन सदस्यहरुको तर्फबाट सुदिप पन्त तथा अन्य वक्ताहरूले सुझाब तथा आफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment