Comments Add Comment

टेभेजलाई भित्र्याउन चिनियाँ क्लबले राख्यो अविश्वसनीय प्रस्ताव

carlos-tevez

२० मंसिर, काठमाडौं । सम्भवतः अर्जेन्टाइन सुपरस्टार कार्लोस टेभेज चीनमा व्यवसायिक फुटबल खेल्ने पछिल्ला ठूला स्टार हुनेछन् ।

चिनियाँ सुपर लिग क्लवहरुले पश्चिमा खेलाडीहरुलाई धेरै भन्दा धेरै पारिश्रमिक दिएर आफ्नो क्लबमा आकषिर्त गर्ने गर्छन् । र, यी अर्जेन्टाइन स्ट्राइकरका लागि चिनियाँ क्लब सांघाइ सिन्हृवाले साताको ६ लाख ३५ पाउण्ड खर्चने अविश्वसनीय प्रस्ताव राखेको छ ।

‘हामीले टेभेजलाई अनुबन्ध गराउनका लागि हरसम्भव प्रयासरत छौं’ सिन्हृवाका अध्यक्ष उ सियाओहुइले भनेका छन्, ‘र हामी वार्ताको चरणमा छौं र निश्चित सफलताको अपेक्षा गरिरहेका छौं ।’

सन् २०१३ मा इटालीयन क्लव युभेन्टसमा अनुबन्ध हुनुअघि वेष्टहृयाम, म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीमा गरी टेभेजले ७ सिजन पि्रमियर लिगमा बिताएका थिए ।

टेभेजकै प्रेरणामा म्यानचेस्टर सिटीले सन् २०१२ मा ऐतिहासिक पि्रमियर लिगको उपाधि जितेको थियो ।

युभेन्टसमा पनि उनले लगातार दुई सिजन सिरिएको उपाधि जिते । र, इटली छाडेर उनी आफ्नो देश अर्जेन्टिना फर्किए र आफ्नो पूर्व क्लब बोका जुनियर्सबाट खेलिरहेका छन् । टेभेज आवद्ध भएकै वर्ष बोका जुनियर्सले कोपा अर्जेन्टिनाको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment