Comments Add Comment

छविको ‘हिफाजत २’ निर्माणमा लफडा, शिल्पालाई लिएर ‘मंगलम’ बन्ने

आखिर पृथ्वीराजलाई किन च्याप्दैछन् छवि ?

shilpa and prithibi

सिक्वेल निर्माणमा लागेका निर्माता छविराज ओझाले अब ‘हिफाजत २’ बनाउने कुरामा अन्यौलता देखिएको छ । चलचित्र ‘किस्मत २’ निर्माण भैसकेपछि छविले ‘हिफाजत २’ बनाउने चर्चा थियो । यसका लागि निर्देशक ज्ञानेन्द्र देउजालाई लिएर काम पनि अगाडि बढेको थियो । आखिर, कुरा कता अड्कियो त ?

वुझिएअनुसार छविराज ओझा यो चलचित्रमा पनि नायिका शिल्पा पोख्रेल र ‘किस्मत २’ डेब्यू नायक पृथ्वीराज प्रसाइलाई नै राख्न चाहन्छन् । तर, निर्देशक देउजाले भने पृथ्वीको नाममा आपत्ती जनाए । पृथ्वीलाई नराखौ भन्ने पक्षमा ज्ञानेन्द्र र राखौ भन्ने पक्षमा छवि रहेपछि कुरा नमिलेको हो । जसले गर्दा, अब यो चलचित्र बन्छ या बन्दैन पक्का छैन ।

‘किस्मत २’बाट नेपाली चलचित्रमा प्रवेश गरेपनि दर्शकले पृथ्वीलाई नोटिस गरेका छैनन् । सायद, पृथ्वीलाई राख्दा चलचित्रको हाइप बनाउन गाह्रो हुने देखेर ज्ञानेन्द्रले हुन्न भनेको हुनसक्छ ।

उनै, निर्माता ओझाले चलचित्र ‘हिफाजत २’लाई थाती राख्दै अब ‘मंगलम’ नामक चलचित्रको सुरुवात गर्दैछन् । यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । चलचित्रमा शिल्पा पोख्रेल र पृथ्वीराज प्रसाई मुख्य भूमिकामा रहनेछन् । चलचित्रको लीड नायकको खोजी भैरहेको वुझिएको छ । पारिवारिक कथामा यो चलचित्र बन्नेछ ।
chabi and shilpa (1)
एउटा चलचित्रमा निर्देशकले अस्विकार गरेपछि पृथ्वीलाई नै लिएर छविले नयाा चलचित्र बनाउन लागेका छन् । आखिर, पृथ्वीलाई किन यसरि च्याप्दैछन् छवि, यो भने आफैमा रोचक कुरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment