Comments Add Comment

‘अखण्डताको आन्दोलन संघीयताविरुद्धको षडयन्त्र’

२१ मंसिर, घोराही । नेकपा माओवादी केन्द्र दाङले संविधान संशोधन विरुद्धको आन्दोलनमा सहभागी नहुन सबैलाई अपिल गरेको छ । संविधान संशोधनको विषयलाई लिएर भइरहेको आन्दोलन गणतन्त्र, संघीयता लगायतका अधिकारहरुलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रक्रियालाई अबरुद्ध गर्ने कार्य रहेको उसको ठहर छ ।

jivan-gautam
जीवन गौतम

माओवादी दाङका इञ्चार्ज जीवन गौतमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय समस्या समाधन गर्दै दश वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, त्यसपछिको मधेश आन्दोलन, थारु आन्दोलन तथा विभिन्न जन-वर्गको आन्दोलनको उपलब्धिको रुपमा रहेको संविधान कार्यान्वयनको पक्षमा उभिदै कथित आन्दोलनमा सहभागी नहुन र देश, जनता एवम् संघीयताप्रति दृढतापूर्वक उभिन हामी आम जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौं ।’

अहिलेको आन्दोलनबाट संविधान संशोधन प्रक्रियालाई असफल बनाउने र हालसम्म प्राप्त अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न निदिने षडयन्त्र भइरहेको विज्ञप्तिमा लेखिएको छ ।

‘संविधान संशोधनको विषयलाई लिएर गैरजिम्मेवाररुपमा देशका केही पार्टीहरुले राष्ट्रिय समस्यालाई समाधान गर्नुको साटो बन्द, हड्ताल आगजनी गरेर संविधान संशोधनको प्रक्रियालाई असफल बनाउने प्रयत्न गरिरहेका छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘यो क्रियाकलाप जनताको लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरु गणतन्त्र, संघीयता, धर्मनिरपक्षता, उत्पीडित जाति, वर्ग क्षेत्रले प्राप्त गरेका अधिकारहरुलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रक्रियालाई अबरुद्ध गर्ने कार्य हो ।’

संविधानलाई गति दिन निर्वाचन प्रक्रियामा जानु अनिवार्य भएको र त्यसका लागि संविधान संशोधन अनिवार्य आवश्यकता रहेको माओवादी केन्द्र दाङको ठहर छ ।

‘अखण्डताको नारा बोकेर देशलाई संघीयतामा जान नदिने र घुमाइफिराई पश्चगमनतर्फ लैजाने दुस्प्रयास हो । मधेशी, थारु तथा उत्पीडित जनताहरुलाई राष्ट्रघाती देख्ने मण्डले राष्ट्रवादका विरुद्ध सचेत र संगठित हुँदै राष्ट्रिय एकता कायम गर्नु आजको हामी सबैको प्रमुख दायित्व हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘सर्वस्वीकार्य संविधान निर्माणका लागि संविधानमा मधेशी र थारु समुदायको आवाजलाई सम्बोधन गर्दै उनीहरुको पनि संविधानमा अपनत्व स्थापित गर्न जरुरी छ । मधेश, थारुलगायत जनजातिहरुको मागलाई सम्बोधन नगरि देशले गति लिन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment