Comments Add Comment

अबैध सम्वन्धले लियो शोभिताको ज्यान !

'डेटिङ'मा बोलाएर हत्या गर्ने प्रेमी पक्राउ

raju-mahammad

२१ मंसिर, काठमाडौं । ललितपुरको बालकुमारीस्थित गुहृयेपोखरीमा एक महिलाको शव भेटियो भनेर स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी टोली पुग्दा गन्हाएको र पहिचान समेत हुन नसक्ने अवस्थामा शव थियो । प्रहरीले शव टिचिङ हस्पिटल पठायो ।

सातदोबाटो प्रहरी वृत्तमा असोज ५ गते शोभिता खड्का हराएको भनेर उजुरी परेको थियो । उजुरीकर्ता विपिनलाई बोलाए र उनीसँगै बहिनी सुजिताले शव आफ्नी दिदी शोभिताकै भएको सनाखत गरे ।

घटनास्थलको प्रकृति र पोस्टमार्टमको रिपोर्टपछि शोभिताको हत्या भएको खुल्यो । त्यसैको आधारमा प्रहरीमा खोजी थाल्यो । र, रौतहट समनपुरका राजु महम्मद पक्राउ परे ।

प्रहरी अनुसन्धानका क्रममा २० वर्षीय मोहम्मद र १३ वर्षे छोराकी आमा शोभिताबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । बालकुमारीस्थित हेरिटेज फेसन गार्मेन्ट उद्योगमा काम गर्दै आएका उनीहरुबीच शारिरीक सम्बन्ध पनि भएपछि शोभिता गर्भवती भएकी थिइन् ।

गर्भवती शोभिताले महम्मदसँग पाँच लाख रुपैयाँ माग गरिन् । आफूले मागेजति रकम नदिए विदेशबाट आउन लागेका आफ्ना श्रीमानलाई भनेर कारबाही गर्ने धम्की दिएपछि महमदले शोभिताको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

डेटिङमा बोलाएर हत्या

शोभिताले पटक-पटक ५ लाख मागेपछि असोज ५ गते महमदले बालकुमारीस्थित गुहृयेपोखरीमा बोलाए । पैसा दिने बहानामा बोलाएका राजुले कोटेश्वरबाट चक्कु समेत किनेर लगेका थिए ।

दुई जनावीच कुराकानीकै क्रममा शोभिताले पैसा झिक भन्दै राजुलाई थप्पड हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यही रिसमा महमदले चक्कुको बोधो भएको भागबाट घाँटी थिचेर शोभिताको हत्या गरे र फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment