Comments Add Comment

प्रधानमन्त्रीको सचिवालयबाट प्रेस काउन्सीलमा उजुरी

२१ मंसिर, काठमाडौं । केही पत्रिका र अनलाइनहरुले भ्रामक र कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयबाट प्रेस काउन्सीलमा उजुरी परेको छ ।

Press-Councilप्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले आइजी बनाइदिन्छु भन्दै रकम असुलेको भनेर एक साप्ताहिक पत्रिकामा समाचार प्रकाशित भएको थियो । समाचारमा प्रधानमन्त्री सचिवालय सदस्य प्रकाश दाहालको समेत नाम छ ।

उक्त समाचारले व्यक्तिको मानमर्दन र चरित्र हत्या गर्ने काम भएको काउन्सीलमा परेको उजुरीमा उल्लेख छ ।

‘सम्बन्धित पत्रिकामा मात्रै नभई सार्बजनिक रुपमा क्षमायाचनासहित खण्डन प्रकाशन गर्न लगाउन अनुरोध छ,’ प्रधानमन्त्रीको सचिवालयमा कार्यरत भनिएका दलबहादुर विकको हस्ताक्षर रहेको उजुरीपत्रमा लेखिएको छ ।

जुन स्थानमा समाचार छापिएको हो सोही स्थानमा क्षमायाचनासहितको खण्डन प्रकाशित गर्न लगाउन पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment