Comments Add Comment

अख्तियारद्वारा तीन पूर्व मन्त्रीको फाइल तामेलीमा

akhtiyar-ciaa-nepal

२१ मंसिर, काठमाडौं । भ्रष्टाचारको आरोप लागेका खिलराज रेग्मी नेतृत्वको तत्कालिन मन्त्रिपरिषदका तीन मन्त्रीले तत्कालका लागि राहत पाएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूको मुद्धा तामेलीमा चढाएको छ ।

आयोगले तीन पूर्व मन्त्रीहरु विद्याधर मल्लिक, टेकबहादुर घर्ती मगर र शंकर कोइरालाको सम्पत्ति छानबीन हुँदा उनीहरुसँग गैरकानुनी सम्पत्तिको प्रमाण नभेटिएको भन्दै तत्कालका लागि उनीहरुलाई क्लिन चिट दिएको हो ।

निलम्बन अघि अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले उनीहरुलाई १३ पन्ना भराएर सम्पत्ति छानविन अघि बढाएका थिए । कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त नगर्न पहल लिएकै कारण कार्कीले उनीहरुलाई १३ पन्ना भराएको आरोप लागेको थियो ।

सोमबार आयोगको बैठकले तीन पूर्व मन्त्रीहरुले अवैधानिक तवरले सम्पत्ति कमाएको प्रमाण नभेटिएको भन्दै उनीहरुविरुद्धको फाइल तामेलीमा राखिदिएको हो ।

फाइल तामेलीमा राख्नु भनेको अहिलेसम्मको छानबीनमा कुनै कमजोरी देखिएन, आवश्यक पर्दा पछि फाइल खोल्न सकिन्छ भन्नु हो ।

अख्तियारको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै आयोगले एमालेका पूर्व सभासद विजय पौडेलको फाइल पनि तामेलीमा चढाएको छ ।

पछिल्लो समय आयोगले लोकमान सिंह कार्कीले प्रतिशोधपूर्ण व्यवहारले छानवीन थालेका फाइलहरु तामेलीमा चढाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment