Comments Add Comment

आमाको किरिया गरेका बालिकालाई आर्थिक सहयोग

durga-kumari-daughter
आमा दुर्गाकुमारी भुसालको मृत्युपछि छोरीहरु संगिता र रमिता किरिया बसेका थिए । तस्वीर: रासस

२१ मंसिर, काठमाडौं । आमाको किरिया बसेका गुल्मीको पूर्कोटदह गाविस-१ जुम्लीचौरका दुई बालिकाको शिक्षाका लागि भन्दै देश-विदेशबाट थप २ लाख १२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर१ लाख ८३ हजार रुपैयाँ पठाएका थिए भने गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाडौंमा २९ हजार रुपैयाँ संकलन गरेका थिए । संकलित रकम मंगलबार काठमाडौंमा एक समारोहकाबीच गुल्मी क्षेत्रनम्बर ३ का सांसद गोकर्ण बिष्टले बालिकाका गाउँले एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई हस्तान्तरण गरे ।

gokarna-bista-and-dipendra-kunwar
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई रकम हस्तान्तरण गर्दै सांसद गोकर्ण बिष्ट

कार्यक्रममा सांसद बिष्टले बालिकालाई पठन पाठनको व्यवस्था मिलाउने आश्वासन दिए ।

ती बालिकाको शिक्षाका लागि सुशील अर्याल, सूर्यकिरण कुँवर, लिला खरेल, बोमबहादुर थापा, कृष्णहरि बरालले जनही पाँच हजार रुपैयाँ दिएको सहयोगको संयोजन गरेका पत्रकार मदन खनालले बताए ।

[sam_list]

३६ वर्षको उमेर दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाउँदा यही मंसिर तीन गते मृत्यु भएको थियो । आमाको मृत्युपछि छोरीहरु १३ वर्षीया संगीता र एघार वर्षीया रमिता किरिया बसेका थिए ।

आमाको कमजोर आर्थिक अवस्थाका कारण बालिकाहरुको पढाईमा बाधा पुग्ने देखिएपछि सहयोग अभियान चलाइएको छ । बालिकाका पिता दुर्गा भुसाल बेरोजगार छन् भने अरु दुई बहिनी पनि साना छन् ।

कात्तिक २० गते जन्मिएकी बालिकाको स्थानीय विश्व भुसालले जिम्मा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment