Comments Add Comment

अनुष्का र विराटको बढ्दो प्रेम

birat-and-anuska
बलिउडमा प्रेमका कारणले चर्चामा रहने जोडी हो, नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली । अनुष्का र विराटको प्रेम बसेको केहि बर्ष भयो । तर, यो जोडी कहिले मिलेको त कहिले छुटेको चर्चाले भारतीय मिडिया रंगिन्छ । अनुष्का र विराटविच झगडा परेका खबर पनि बेला-बेलामा सार्वजनिक भैरहेका हुन्छन् ।

तर, चलचित्र ‘द रिङ’को पहिलो चरणको छायांकन सकेर बसेपछि नायिका अनुष्का शर्मा प्रेमी विराट कोहलीसाग एकसाथ धेरै हिड्न थालेकी छिन् । क्रिकेटर यूवराज सिंहको बिहेमा पुगेर विराट र अनुष्काले नृत्य गरे । बिहे पार्टीमा सहभागी भएका यी दुइको नृत्य सामाजिक संजालमा चर्चामा छ ।

योसँगै विराट र अनुष्का डिजाइनर मनिष मल्होत्राको जन्मदिन पार्टीमा पनि पुगेका थिए । उनीहरुले मिडियासामु निर्धक्क रुपमा तस्बिरका लागि पोज दिए । कुनै समय, मिडियासँग भाग्ने यो जोडी अहिले क्यामेराको अगाडि दिल खोलेर तस्बिर खिचाउँछन् । विराट र अनुष्का प्रेममा झनै बलियो हुँदैछन् भन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment