Comments Add Comment

‘जयललिताको शेष पछि शशिकला नै छिन्…’

jay-lalita
२१ मंसिर, काठमाडौं । जब जयललिता जीवित थिइन्, तमिलनाडुमा वीके शशिकलालाई उनको छायाँ भनिन्थ्यो । उनलाई देशको सबैभन्दा शक्तिशाली महिला नेता मध्येका एक र मुख्यमन्त्री जयललिताको पछाडिको शक्ति मानिन्थ्यो ।

करिव ३ दशक पहिले एक डिभियो पार्लर चलाउने शशिकला आज जयललिताको समान शक्तिशाली मानिएको छ र, पार्टीमा उनको महत्वपूर्ण स्थानमा छ ।

यस्तो मानिन्छ कि शशिकला नै ‘एआईएडीएमके’ पार्टीको सबै मामिला हेर्छिन् । एआईएडीएमके तामिलनाडुको सत्तामा छ र, यस अर्थमा उनले सरकारको कामकाजमा पनि नजर राख्छिन् ।

वरिष्ठ राजनीतिक विश्लेषक ज्ञानी शंकरनले भने, ‘धेरै मानिस मान्छन् कि उनी अहिले पनि राजनीतिक रुपमा सक्रिय छिन् र पार्टी चलाउन जयललितालाई साथ दिँदै आएकी छन् । पार्टीमा जो जयललिताको वफादार छन्, उनीहरु शशिकलाको पनि वफादार मानिन्छन् । मोटो रुपमा उनलाई जयललिताको आँखा भनिन्छ ।’

sasikala_kashifmasood
अर्का वरिष्ठ राजनीतिक विश्लेषक मालन भन्छन्, ‘शशिकला कहिल्यै राजनीति वा निजी जिन्दगीलाई लिएर खुलेर आएकी छैनन् । तर, एक छायाँका रुपमा जयललिताको साथमा हरक्षेत्रमा रहन्छिन् । यद्यपि यो भन्न गाह्रो छ कि उनीमा जयललिताको कति प्रभाव छ र कसको कुरालाई अन्तिम मानिन्छ ।’

यो चुनावमा एआईएडीएमकेले आफ्ना केही प्रत्याशी परिवर्तन गरेको छ । मालन भन्छन्, जयललिताले करिव १८ देखि २० पटक पार्टीको प्रत्यासीको सूची परिवर्तन गरिन् । अनुमान छ कि यसका पछाडिको एउटा कारण शशिकलाका प्रत्यासीलाई परिवर्तन गर्नु थियो । …त्यही अदृश्य शक्ति थियो ।’

sasikala_jayalalitha_case_624x351_kashifmasood

अब्जर्वर रिसर्च फाउण्डेसन चेन्नईका निर्देशक एन सथियामूर्ति भन्छन्, तान्सी केस र आयदेखि अधिक सम्पत्तिको मामिलामा प्रशासनदेखि पार्टीको मामिलामा उनको हस्तक्षेप प्रष्टै देखिन्छ । कुनै पनि निर्णय गर्ने मामिलामा उनी जयललिताका लागि अन्तिम द्वारपाल थिइन् ।’

शशिकला पहिलो पटक जयललिताको सम्पर्कमा त्यसबेला आइन्, जब जयललिता एमजी रामाचन्द्रन मुख्यमन्त्रीका साथै पार्टीको प्रचार सचिव थिइन् ।

सरकारमा पीआरओ रहेका शशिकलाकी पति एम नटराजनले आईएएस अधिकार चन्द्रलेखाको सहयोगमा उनले जयललितासँग भेट गराए ।

भनिन्छ कि एमजीआरको मृत्युपछि जब जयललितालाई पार्टीमा पाखा लगाउने प्रयास भयो, त्यही बेला शशिकला नजिक आइन् । यो निकटता यति बढ्यो कि शशिकला जयललितासँगै बस्न उनको पोएस गार्डन घरमा गइन् । छिट्टै उनकी बहिनीदेखि बालबच्चा पनि आए । पछि शशिकलाको एक भतिजोलाई जयललिताले धर्मपुत्रको रुपमा राखिन् ।

२०११ मा पार्टीको बागडोर हत्याउन खोजेको आशंकामा जयललिताले शशिकलालाई घरबाट निकालिन् । समय-समयमा दुई जनाको सम्वन्धमा केही दरार आएको छ । तर, जयललितापछि शशिकला नै हुन्, जसले पार्टीका लागि नीति निर्धारण गर्दै आएकी छन्

उनै धर्मपुत्रको तामझामका साथ भएको विवाहमा उनलाई मिडिया र आयकर विभागले शंकाको घेरामा खडा गर्‍यो । पछि उनले धर्मपुत्रसँग दुरी बनाउन थालिन् ।

आयस्रोत भन्दा बढी सम्पत्ति भएको भन्दै जयललितामाथि भ्रष्टाचारको आरोप लाग्यो । १९९१-९६ को यो समयमा उनी मुख्यमन्त्री थिइन् ।

पछि जब चुनावमा हार भयो, जयललिताले शशिकला र उनका आफन्तलाई घर छाड्न भनिन् ।

केही समयपछि शशिकला पोएस गार्डन फर्किइन् । तर, सबै कुरा पहिला जस्तो रहेन । २०११ मा पार्टीको बागडोर हत्याउन खोजेको आशंकामा जयललिताले शशिकलालाई घरबाट निकालिन् ।

सथियामूर्ति भन्छन्, ‘समय-समयमा दुई जनाको सम्वन्धमा केही दरार आएको छ । तर, धेरै समय सम्वन्ध निकै राम्रो रहृयो । जयललितापछि शशिकला नै हुन्, जसले पार्टीका लागि नीति निर्धारण गर्दै आएकी छन् ।’

नीति बनाउने तरिका र सम्वादको तरिकाले पनि शशिकलालाई अदृश्य शक्ति बनाइदियो । मालन भन्छन्, ‘शशिकला पार्टी र सरकार कुनै पदमा बसिनन् । तर, यो कुरा लुकेको छैन कि उनी निकै शक्तिशाली रहिन् ।’

यहि कारण उनीमाथि आरोप पनि लाग्छ कि उनले जयललितालाई सीमित जानकारी मात्र दिइन् ।

सथियामूर्ति भन्छन्, ‘जयललितापछि पार्टीको नीतिबारे निर्णय लिने मामिलामा उनी सबैभन्दा प्रमुख रहिन् । तर, भनिन्छ कि उनी कहिल्यै जयललिताको जानकारी विना कुनै आदेश जारी गर्थिनन् ।’

त्यसो भए के शशिकलालाई शक्तिशाली थेवर समुदायबाट आएकै कारण पार्टीको यो समुदायको समर्थन मिल्ला ?

सथियामूर्ति भन्छन् कि यो सही होइन ।

उनी भन्छन्, ‘थेवर समुदाय ऐतिहासिक रुपमा कांग्रेस विरोधी हो । उनीहरु पहिला डीएमकेलाई समर्थन गर्थे । र, जब एआईएडीएमके गठन भयो, तब वफादारी एआईएडीएमकेप्रति गयो । यो एक संयोग हो कि शशिकला पनि यही समुदायबाट आएकी हुन् ।’

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment