Comments Add Comment

सूचना आयोगका आयुक्तसँग सिड्नीमा छलफल

suchana-aayog

सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेको राष्ट्रिय सूचना आयोगको टोलीसँग सिड्नीमा रहेका सञ्चारकर्मीहरुले अन्तर्क्रिया गरेका छन् ।

न्यूज एग्रिगेटर नार्कोसी डटकमको आयोजनामा टाउनहलको वर्ल्ड टावरमा आयोजित कार्यक्रममा आयुक्तहरु किरणकुमार पोखरेल र यसोदादेवी तिम्सिनासँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त किरणकुमार पोखरेलले प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किन प्रोत्साहन हुनेगरी सामाग्री प्रकाशन गर्न आग्रह गरे ।

प्रवासका नेपालीहरुले पठाएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने भन्दै उनले मुलुकको निर्माणमा प्रवासमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताए ।

सूचना आयोगकै आयुक्त यशोदादेवी तिम्सिनाले राष्ट्रिय सूचना आयोगले नेपालका गरेको कामको जानकारी गराइन् । सूचनाको हकको प्रयोगले नेपालमा भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुगेको उनको भनाई थियो ।

अष्ट्रेलियामा सवै सूचना स्थापित प्रणालीअनुसार नै सार्वजनिक हुने भएकाले यहाँ सूचनाको हकको समस्या नदेखिएको उनको भनाई थियो ।

अन्तर्क्रियामा सिड्नीस्थित सञ्चारकर्मी महेन्द्रकुमार लम्साल, कृष्ण तिवारी, हेमन्त काफ्ले, सुवेल भण्डारी र नार्कोसीका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले आ-आफ्नो मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment