Comments Add Comment

मेस्सीलार्इ पछि पार्दै रोनाल्डोले जित्दैछन् बेलोन डि’ओर !

ronaldo-1
फाइल फोटो

२१ मंसिर, काठमाडौं । रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले यस बर्षको बेलोन डि’ओरको अवार्ड पाउने निश्चित भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले फ्रान्सेली फुटबल एशोसियसनको हवाला दिँदै बेलोन डि’ओर रोनाल्डोले जितेको उल्लेख गरेका छन् । अवार्ड घोषणा आगामी सोमबार हुनेछ ।

स्पेनिस अखवार मुण्डो डेपोर्टिभोले एक फ्रेन्च म्यागजिनलाई उदृद गर्दै अवार्डको आयोजक फ्रान्सेली फुटबल संघले रोनाल्डोको तस्वीर लिइसकेको र उनीसँग फोटोसेसन समेत गरिसकेको उल्लेख गरेको छ ।

आगामी सोमबार उनले लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानलाई पछि पार्दै बेलोन डि’ओर अवार्ड चौथो पटक हासिल गर्ने निश्चित भएको छ ।

गत सिजन उनको प्रदर्शन उत्कृष्ट थियो । उनैको प्रेरणामा पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको थियो भने रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि पनि दिलाएका थिए ।

यसअघि सन् २००९, २०१३ र २०१४ मा उनले बेलोन डि’ओरको उपाधि जितेका थिए ।

फ्रान्सेली फुटबल संघसँगको सहकार्य फिफाले रद्ध गरेपछि यो अवार्ड पहिलो पटक फ्रान्स फुटबल एशोसियसनले मात्रै आयोजना गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment