Comments Add Comment

ओलीको चीन भ्रमण रद्द, महासचिव ईश्वर पोखरेल जाने

Kp-oli

२१ मंसिर,काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकसित राजनीतिक घटनाक्रमका कारण चीन भ्रमणको कार्यक्रम रद्द गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली चीनको हेएइ प्रान्तमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय स्तरको फोरममा जान कार्यक्रम थियो । तर, अब ओलीले अन्तिममा भ्रमण रद्ध गरेका छन् र आफ्नो प्रतिनिधित्व गर्दै महासचिव ईश्वर पोखरेललाई पठाउने भएका छन् ।

इमर्जिङ मार्केट फोरम नाम दिइएको सम्मेलनमा पोखरेलसँगै एमालेका सचिव योगेश भट्टराई पनि सहभागी हुने एमालेले जनाएको छ । महासचिव पोखरेल र सचिव भट्टराई बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

सम्मेलनमा २० देशका पूर्व राष्ट्रप्रमुख, सरकार प्रमुख लगायत प्रतिष्ठित व्यक्तिहरु सहभागी हुनेछन् । नेपालबाट कांग्रेस नेता डा.रामशरण महत पनि सहभागी हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment