Comments Add Comment

संविधान संशोधन विरुद्धको रुपन्देही बन्द फिर्ता

butwal-birodh

२१ मंसिर, बुटवल । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरुले गराउँदै आएको रुपन्देही जिल्ला बन्द फिर्ता लिएका छन् ।

नेकपा एमाले, नेकपा माले, जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा मार्क्सवादी र अखण्ड नेपाल पार्टीले सात दिनदेखि जिल्ला बन्द गराउँदै आएका थिए । लामो समयदेखिको बन्दले जनजीबन कष्टकर हुँदै आएको थियो ।

बन्दको सातौं दिन मंगलबार आन्दोलनरत दलका नेताहरुले संयुक्त विज्ञप्ति निकालेर बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा आन्दोलनको स्वरुप परिवर्तन भएको उल्लेख छ र बन्द हड्ताल बाहेक विरोध जुलुश, सभा, बैठक लगायतका कार्यक्रम जारी राख्ने भनिएको छ ।

अहिले संविधान संशोधन विधेयकले संसदमा प्रवेश नपाएको र प्रवेश हुनासाथ पुनः सशक्त आन्दोलन सुरु गर्ने नेताहरुले चेतावनी दिएका छन् ।

पढ्नुहोस् विज्ञप्ति 

butwal-banda-firta

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment