Comments Add Comment

लोकमान प्रकरणमा बार्गेनिङ गर्न एमालेको आन्दोलन: सांसद शाह

avisekh-pratap-shaha

२१ मंसिर, भैरहवा । संघीय समाजवादी फोरम नेपालका नेता अभिषेक प्रताप शाहले महाअभियोग प्रकरणमा बार्गेनिङ गर्न एमालेले संशोधनविरुद्ध नाटकीय आन्दोलन थालेको आरोप लगाएका छन् ।

एमालेकै डिजाइनमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि महाअभियोग प्रस्ताव लगाइएको र कांग्रेसको समर्थन लिनका लागि प्रदेशको आन्दोलन थालेको बताए ।

‘संविधान संशोधनविरुद्ध मण्डले राष्ट्रिवादीहरुले निम्ताएको भ्रमका विरुद्ध भण्डाफोर तथा जनसभा’ नाम दिएर मंगलबार भएको कार्यक्रमाम सांसद शाहले एमालेका केही नेताले राज्यमाथि गरेको दोहोन अख्तियार प्रमुख लोकमानले बाहिर ल्याउन लागेपछि महाअभियोग प्रस्ताव ल्याएको दाबी गरे ।

संघिय समाजवादी फोरमका उपमहासचिव समेत रहेको शाहले लोकमान आए एमालेको नेताहरु कार्यवाहीमा पर्ने भएको हुदाँ आफ्ना नेतालाई बचाउन एमालले राष्ट्रवादको नाम दिएको आन्दोलन गरेको बताए ।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव सकारात्मक भएपनि पूर्ण नरहेको उनले बताए । कैलाली, कञ्चरपुर, झापा, मोरङ्ग, सुनसरी, नवलपारसीका नागरिकहरुको समेत समस्या समाधान गर्ने गरी ल्याईनु पर्ने बताए ।

माओवादी नेता मातृका यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि मधेसी जनजाति जनताको उपेक्षा गर्दै मण्डले राष्ट्रवादको वकालत गरेको आरोप लगाए । ‘अहिले जे प्रस्ताव आएको छ त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ’ उनले भने, सबै अधिकार एकै पटक खोज्दा आएको संसोधन प्रस्ताव पनि फिर्ता हुन सक्छ ।’

सभामा सदभावना पार्टीका केन्दि्रय उपाध्यक्ष ओमप्रकाश यादवले ५ नम्बर प्रदेश टुक्रयाउने प्रस्तावमा पहाडी जिल्लामा आन्दोलन हुनु स्वाभाविक भएपनि रुपन्देही जिल्लामा आन्दोलन हुन औचित्यहिन भएको टिप्पणी गरे ।

उनले एमालले जनताबिच सम्प्रादायिक दंगा गराउने खोजेको भन्दै उनले यहि अवस्था यस्तै रहे आफू सिके राउतको पथमा हिड्न बाध्य हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment