Comments Add Comment

साना उद्योगीलाई ऋण दिन सरकार तयार

२१ मंसिर, काठमाडौं । उद्योग मन्त्रालयले निजी बैंकहरुसँग समन्वय गरेर साना उद्योगीहरुलाई सहुलियतमा ऋण दिने तयारी थालेको छ ।

मंगलबार उद्योग मन्त्री नवीन्द्रराज जोशीले बैंकर्सहरुसँग सामुहिक छलफल गरी साना उद्योगी र कम आय भएका व्यक्तिलाई स्वरोजगार बनाउन बैंकिङ प्रवाहमा ल्याउन सकिने उपायका बारेमा छलफल गरेका हुन् ।

Nabindra-Raj-Joshi-1मन्त्री जोशीले सरकारले निजी बैंकहरुसँगको सहकार्यमा स्थानिय स्तरमा प्रवाह भएको ऋणको केही प्रतिशतको सुरक्षाको प्रत्याभूति गर्ने नीतिगत व्यवस्था गरेर भएपनि लगानी बढाउने वातावरण बनाउने बताए । उनले वैधानिक रुपमा लगानी गरेको उद्योगमा निजी बैंकहरुले सहज रुपमा लगानी गर्नुपर्ने धारणा पनि राखे ।

छलफलमा निजी बैंक सञ्चालकहरुले सरकारले स्पष्ट नीति नल्याएसम्म सहज रुपमा लगानी गर्न नसकिने बताए ।

उनीहरुले विगतमा सरकारले स्पष्ट नीति तय नगरी ल्याएका युवा स्वरोजगारलगायतका कार्यक्रम प्रभावकारी नभएको भन्दै बैंकहरुले सुरक्षाको प्रत्याभूति हुने कानुनी आधार नभएसम्म लगानी गर्न नसक्ने स्पष्ट पारे ।

बैंकर्सहरुले सरकारले नीतिगत स्पष्टता पार्न सके सबै नेपालीलाई बैंकिङ प्रवाहमा ल्याउन बैंक तथा बित्तीय संस्थाहरु सक्षम रहेको दावी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment