Comments Add Comment

सनराइजको शाखारहित बैंकिङ सेवा रौतहटको बंकुलमा

sunrise-bank-branchlesss
२१ मंसिर, काठमाडौं । सन्राइज बैंक लिमिटेडले रौतहटको सरमुजुवा-८, बंकुलमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ ।

बैंकको गौर शाखाका प्रमुख बिपत चौधरीको उपस्थितिमा भुतपूर्व न्यायधिश देवशरण प्रसाद चौधरीले एक समारोहका बीच बैंकको तेह्रौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

सो अवसरमा बैंकको गौर शाखाका प्रमुख चौधरीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि खुरसैद खाँ पैठानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

बैंकका शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवामार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment