Comments Add Comment

४ वर्षमा ४३ हजार पटक बलात्कार

mexican-girl-raped_1गएको वर्ष मानव तस्करहरुले फसाएकी २४ वर्षकी एक युवतीले निकै डरलाग्दो खुलासा  गरिन् । मेक्सिकोकी कार्ला ज्यासिन्टो नामक ती युवतीका अनुसार उनीमाथि ४ वर्षको अवधिमा ४३ हजार पटक बलात्कार भयो ।

त्यो भयंकर कालरात्रीबाट उम्किएर अहिले उनी मानवअधिकारवादी बनेकी छिन् र विश्वभरका यौनहिंसा पीडित महिलाहरुलाई सहयोग गरिरहेकी छिन् ।

सन् २००८ मा मानव तस्करी विरुद्धको अपरेशनका दौरान वेश्यालयबाट कार्लाको उद्धार गरिएको थियो । त्यतिबेला उनको उमेर जम्मा १६ वर्ष मात्र थियो । हालै एक टेलिभिजन च्यानललाई अन्तरवार्ता दिने क्रममा कार्लाले आफ्नो डरलाग्दो विगत सुनाइन् । उनी १२ वर्षकी हुँदा मानव तस्करहरुले उनलाई वेश्यावृत्तिमा लगाए । १२ वर्षदेखि १६ वर्षको उमेरबीचमा उनीमाथि ४३ हजार पटक बलात्कार भयो । हरेक दिन कम्तिमा पनि ३० जना पुरुषसँग उनले सुत्नुपथ्र्यो ।

बलात्कारको पीडा सहन नसकेर रुँदाखेरी बलात्कारीहरु हाँसेर गिज्याउँथे । आफ्नो खराब पारिवारिक कारणले गर्दा नै आफु मानव तस्करको चंगुलमा परेर वेश्यावृत्तीमा फसेको र आफ्नो जिवन नरक बनेको कार्ला बताउँछिन् । मेक्सिकोमा हरेक वर्ष २० हजार महिला बेचबिखन तथा तस्करीको सिकार हुने गरेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment