Comments Add Comment

लोखर्केले हमला गर्दा नेताको टाउको फुट्यो

Grey squirrel yawning

अमेरिकाको शिकागोका एक राजनीतिज्ञ लोखर्केको आक्रमणमा परी घाइते भएका छन् । उनको खप्पर फुटेको छ ।

हफिंटन पोष्टका अनुसार गत नोभेम्बर १३ मा उक्त घटना भएको हो । राजनीतिज्ञ होवार्ड ब्रुकिन्स जुनिएरले लोखर्केले आफुमाथि बदलास्वरुप आक्रमण गरेको दाबी गरेका छन् ।

स्मरण रहोस् गत अक्टोबरमा उनले लोखर्केले सहरमा नगर प्रशासनले बाँडेका फोहोर फ्याँक्ने भाँडोहरु लोखर्केले खाइदिएको भन्दै सार्वजनिक रुपमा लोखर्केको आलोचना गरेका थिए ।

एनले आफु घाइते भएर उपचार गरिरहेको हुँदा आगामी दिनमा हुने केही सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने कुरा सोसल मिडियामामार्फत जानकारी गराएका छन् । आफुमाथि लोखर्केले आत्मघाती हमलाकारीले एम्बुस थापेजस्तै गरी हमला गरेको उनले बताएका छन् ।

वास्तवमा लोखर्केले ती नेतामाथि नियोजित हमला गरेको भने हुँदै होइन । नोभेम्बर १३ मा उनले बाइक चलाएर गन्तव्यतर्फ गइरहेको बेलामा सडकमा एक्कासी लोखर्के देखापर्यो  ।

तिव्रगतिमा रहेको बाइकमा लोखर्के बेरिएपछि बाइक अनियन्त्रित भएर पल्टिँदा ती नेताको  टाउकोमा चोट लाग्यो र खप्पर फुट्यो । नेताजीले लोखर्केद्धारा आफुमाथि आक्रमण भएको बताएपनि आक्रमण गरेको भनिएको त्यो बबुरो लोखर्केलाई मोटरबाइकले टुक्रा टुक्रा पार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment