Comments Add Comment

घोप्टो परी पेट थिचेर सुत्नुका ५ बेफाइदा

sleepingकतिपय मानिसको घोप्टो परेर सुत्ने बानी हुन्छ, जसो गर्दा पेट थिचिन्छ । यसरी सुत्दा कतिपयलाई आनन्द आउँछ र मज्जाले निद्रा लाग्छ । तर यसरी सुत्दा कैयन् स्वास्थ्य समस्याहरु पैदा हुन्छन् ।

पेटमा बल लगाएर यसरी सुत्दा सरीरमा रक्तप्रवाह सही तरिकाले हुन पाउँदैन र जिउ दुख्ने समस्या पनि हुनसक्छ । घोप्टो परेर सुत्नुका अन्य बेफाइदाहरु निम्नानुसार छन्ः

. पेटमा बल पारेर वा थिचेर सुत्नाले गर्धन मोडिन्छ । यसले रक्तप्रवाह सही तरिकाले हुन पाउँदैन र टाउको दुख्ने समस्या हुनसक्छ ।

. घोप्टो परेर सुत्नाले मेरुदण्डको हड्डी आफ्नो प्राकृतिक आकारमा रहन पाउँदैन । जसका कारण ढाड दुख्ने समस्या पैदा हुन्छ ।

. पेटमा बल लगाएर घोप्टो परी सुत्नाले अनुहारमा दबाब पर्दछ । यसले छालालाई पर्याप्त अक्सिजन प्राप्त हुँदैन । जसका कारण अनुहारको छालामा चाउरी पर्ने तथा डण्डीफोरको समस्या उत्पन्न हुन्छ ।

. पेटको बलले सुत्नाले गर्धन मोडिन्छ । जसका कारण गर्धनको मांशपेशीमा दबाब पर्दछ र रक्तप्रवाह सही तरिकाले हुन पाउँदैन । यसले घाँटी दुख्ने समस्या हुनसक्छ ।

. खानेकुरा सही तरिकाले पच्दैन । जसका कारण अपचको समस्या पैदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment