Comments Add Comment

पेरेजको ह्याट्रिकसँगै आर्सनल समूह विजेता बन्यो

perez२२ मंसिर, काठमाडौं । लुकास पेरेजको ह्याट्रिकको मदतमा एफसी बासेललाई हराउँदै आर्सनल च्याम्पियन्सि लिगमा समूह विजेता बनेको छ ।

पेरिस सेन्ट जर्मेन बुल्गेरियन क्लब लुडोगोरेस्ट राजगार्डसँग २–२ को बराबरीमा रोकिँदा आर्सनलले बासेललाई ४–१ ले हरायो । यदि राजगार्डविरुद्ध जित हात पारेको भए पीएसजी शीर्ष स्थानमा रहेन थियो ।

एफसी बासेलको घरेलु मैदानमा भएको खेलमा आर्सनलका पेरेज चम्किए । उनले आठौं मिनेटमा नै आर्सनलको खाता खोले । १६ औं मिनेटमा दोस्रो गोल गरेका उनले दोस्रो हाफको सुरुमा नै ह्याट्रिक पुरा गरे ।

५३ औं मिनेटमा एलेक्स इवोबीले गोल गरे । ७८ औं मिनेटमा बासेलका डुम्बियाले गोल गरेपनि त्यो सान्त्वना मात्र भयो । जितसँगै आर्सनल १२ अंकका साथ समूह एको विजेता बनेको छ भने पीएसजी उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment