Comments Add Comment

बैंकहरुले पुँजी बढाए पनि लगानी विस्तार गर्न सकेनन्

लगानी कर्ताको रिटर्न घट्यो, पुँजी बढ्यो

Nrb-810२० मंसिर, काठमाडौं । पुँजी वृद्धि अनुसार लगानी बिस्तार गर्न नसक्दा बैंकहरुको ‘रिटर्न अन इक्वीटी’ अर्थात सम्पत्तिमा  प्रतिफल घटेको देखिएको छ ।

पुँजी विस्तारका लागि बैंकहरुले बोनस सेयर प्रदान गरिरहेका छन् । त्यस्तै, हकप्रद सेयर तथा एफपीओहरु पनि जारी गरिरहेका छन् । पुँजी विस्तार गर्न बैंकहरुले प्रयासरत गरिरहँदा त्यहीअनुसार सो  पुँजीलाई लगानी गर्न भने सकेका छैनन् । जसका कारण सेयर लगानीकर्ताको रिटर्न भने घटेको छ ।

सम्पत्तिमा प्रतिफल घट्नुले बैंक तथा वित्तीय संस्थामा लगानी गरेका सेयरधनिहरुको प्रतिफल घटेको बुझिने विश्लेषकहरु बताउँछन् । सेयर विश्लेषक रविन्द्र भट्टराईले भने ‘पुँजी विस्तार सँगैं बैंक तथा वित्तीय संस्थाले त्यसलाई लगानीमा विस्तार गर्न सकेनन्, जसका कारण नै लगानीकर्ताहरुको रिटर्नमा कमी आएको देखिएको हो ।’

गत असारमा बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका थिए। त्यसपछि अहिले प्रथम त्रैमास सम्मको बैंकहरुको वित्तीय विवरण आएको छ । दुबै बित्तीय विवरणलाई तुलना गर्दा गत असारमा भन्दा असोजमा बैंकहरुको सम्पत्तिमा प्रतिफल घटेको छ ।

गत असार मसान्तमा बैंकहरुको औसत रिर्टन अन इक्वीटि २२.५० रहेकोमा यो घटेर असोज मसान्तमा २०.७ कायम भएको छ । गत वर्षको असोज मसान्तमा यो औषत २४.६९ प्रतिशत रहेको थियो ।

उच्च नाफा कमाएर अग्रस्थानमा रहेको नेपाल बैंकको पनि सम्पत्तिमा प्रतिफल भने घटेको छ । गत असारमा ७८.८० प्रतिशत रहेको यसको सम्पत्तिमा प्रतिफल अहिले घटेर ६८.१० प्रतिशत कायम भएको छ ।   त्यस्तै नबिलको  २९.७४  प्रतिशत रहेको सम्पत्तिमा प्रतिफल अहिले घटेर २७.५५ कायम भएको छ ।

त्यस्तै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले पनि बैंकहरुले पुँजी विस्तार अनुसार नाफा कमाउन नसकेका कारण सम्पत्तिमा प्रतिफल बढ्न नसकेको बताउँछन् ।

उनले भने ‘बैंकहरुले नाफामा बृद्धि नगरेको होइन गरेका छन्, तर पुँजी बिस्तारको अनुपातमा जुन नाफा कमाउनु पर्ने हो त्यसखालको नाफा कमाउन नसकेका कारण रिटर्न अन इक्वीटि घटेको देखिएको हो । ’

बैंक २०७३ असार २०७३ असोज
नेपाल बैंक ७८.८० ६८.१०
नबिल बैंक २९.७४ २७.५५
सिटिजन्स बैंक २९.४८ २५.७०
एभरेष्ट बैंक २५.१४ २३.८५
सिद्धार्थ  बैंक २४.८६ २३.०१
राष्ट्रिय बाणिज्य बैंक ३९.६८ २१.४९
एनएमबी  बैंक १९.८३ २०.६२
नेपाल एसबीआई  बैंक २३.५९ २०.३०
सानिमा  बैंक ३०.४८ २०.३०
हिमालयन  बैंक २७.५३ १९.७६
ग्लोबल आइएमई  बैंक १८.९३ १९.३३
माछापुच्छ्रे  बैंक १९.८९ १८.५०
स्टाण्डर्ड चार्टड  बैंक २१.२७ १८.४६
प्राइम   बैंक २६.०४ १८.३९
नेपाल इन्भेष्टमेन्ट  बैंक १६.७२ १८.१९
प्रभु  बैंक २४.३९ १८.०८
सनराइज  बैंक १८.३३ १६.४८
नेपाल बंगलादेश बैंक २४.४९ १४.९०
एनसीसी बैंक २३.९६ १४.१९
एनआइसी एसिया  बैंक १६.७७ १४.१४
मेगा  बैंक १५.१० १३.९७
बैंक अफ काठमाण्डु  बैंक १०.६४ १३.७५
कुमारी  बैंक २२.११ १३.४५
जनता  बैंक १३.८० ९.५४
लक्ष्मी  बैंक १३.५५ ९.६२
   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment