Comments Add Comment

च्याम्पियन्स लिगमा बार्सिलोनाले बनायो अर्को रेकर्ड

barcelona

बार्सिलोनाको खेल्ने शैली साँचो अर्थमा मनमोहन छ, जुन पछिल्ला केहि खेलहरुमा देख्न पाइएको थिएन । च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बोरुसिया मोन्चेनल्गाडबाचविरुद्ध ४-० को जित हात पार्दा बार्सिलोना आफ्नो पुरानै लयमा फर्किएको देखियो ।

९० मिनेटको खेलभित्र बार्सिलोनाले ९९३ पास खेलेको थियो । र, लुइस इनरिकेको टोलीले आपसी पासमा अघिल्लो कीर्तिमान तोडे, जुन सन् २०१० मा रुविन काजानबिरुद्ध राखिएको थियो । त्यस खेलमा क्याटलान टोलीले ९७१ पास खेलेका थिए ।

९०५ पास उनीहरुले आपसी खेले र बार्सिलोनाले आफ्नो मौलिक शैली टिकी टाकाद्वारा पुनः एकपटक विपक्षीलाई ध्वस्त पार्न सफल भए ।

साथै एकै युरोपियन गेममा ८ पोष्ट एटेम्प्ट पनि गर्न सफल भए । पेप ग्वार्डिओलाको बार्यन म्युनिखले यसमा १० एटेम्प्टको कीर्तिमान बनाएको छ ।

यो सबैको बाबजुद बार्सिलोनाले मंगलबार रातिको खेलमा आफ्नो नियमित मिडफिल्ड पनि खेलाएको थिएन । यसपटक मिडफिल्डमा आन्देस इनिएष्टालाई आन्द्रे गोमेस र डेनिस स्वारेजले साथ दिएका थिए ।

दोहोरो पहेँलो कार्डका कारण टोलीबाहिर रहेका नेइमारको स्थानमा आर्दा टुरानलाई ल्याइएको थियो । उनले हृयाटि्रक पूरा गरे । त्यस्तै स्वारेजलाई आराम दिइएको थियो भने उनको स्थानमा पाको आल्कासारलाई खेलाइयो ।

यसका बावजुद २०१४ मा सेल्टिकविरुद्धको खेलमा जाभी एक्लैले १८४ पासको रेकर्डलाई भने बार्सिलोनाका कुनै खेलाडी तोडेका छ्रनन् ।

मंगलबार नै बार्सिलोनाले अर्को रेकर्ड पनि बनाएको छ । यो हो च्याम्पियन्स लिगको समूह चरणमा गरेको २० गोल । यसअघि तीन क्लबले मात्र यो रेकर्ड बनाएका छन् ।

म्यानचेष्टर युनाइटेडले १९९८/९९ मा, रियल मड्रिडले २०१३/१४ र २०११/१२ मा बार्सिलोना आफैंले समूह चरणमा २० गोल गरेका थिए ।

तर, बार्सिलोनाकै लिओनल मेस्सी भने समूह चरणमा सर्वाधिक गोलको क्रिष्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोड्न भने असफल रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment