Comments Add Comment

भारु सटहीलाई लिएर रुसी राजदूतले लेखे चेतावनीपूर्ण पत्र

ic-notes

२२ मंसिर, काठमाडौं । दिल्लीस्थित विभिन्न देशका दूतावासहरुले भारतीय विदेश मन्त्रालयमा पत्र लेखेर नोट प्रतिवन्धको विरोध गरेका छन् ।

छिमेकी मुलुक तथा कूटनीतिक नियोगमा रहेको ५ सय र एक हजार भारु सटहीबारे सुझाव दिन गठन भएको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । तर, भारतको वित्त मन्त्रालयले कुनै निर्णय गरेको छैन ।

जसका कारण नेपाल र भूटान सबैभन्दा बढी प्रभावित भएका छन् । साथै भारतमा पनि निश्चित रकम मात्र सहटी हुने हुँदा नेपाल, श्रीलंकाका साथै ठूला देशका दूतावासहरुको दैनिकीमा समेत असर परेको छ ।

भारु सटहीबारे भारतका लागि रुसी राजदूत अलेक्जेन्डर कदाकिनले लेखेको पत्र चेतावनीपूर्ण रहेको बताइएको छ ।

उनले लेखेको पत्रमा भारु सटहीका लागि सरकारले तोकेको सीमा निकै कम भएको र यो रकमले डिनरको खर्च तिर्न समेत नपुग्ने उल्लेख रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नगद विना यति ठूलो दूताबास दिल्लीमा कसरी चल्न सक्छ, रुसी राजदूतले भनेका छन् । दिल्लीस्थित रुसी दूताबासमा २०० जना कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment