Comments Add Comment

विवाहको औंठीः यसले मूल्य होइन, मायाको अर्थ राख्छ

arial-mcrae

जब एरियल म्याकराये र हुनेवाला श्रीमान् क्वीन् विवाहको औंठी किन्न बजार निस्किए, उनीहरुले सोचेकै थिएनन् कि मानिसहरुले बिबाहको औँठीको मूल्यको बारेमा कति चासो राख्छन् ।

सन् २०१४ मा अनलाइनमार्फत भेटिएका २२ बर्षका यो जोडी अमेरिकाका हुन् र उनीहरुले वैवाहिक जीवन जिउने निर्णय गरे ।

पूर्णकालीन विद्यार्थी एरियल र कार सेवा सल्लाहकार क्वीन्ले दुईबीच पहिलो पटक भेट भएको ठ्याक्कै दुई बर्षपछि १८ नोभेम्बरमा विवाह गर्ने निर्णय गरेका थिए ।

र, उनीहरुका अगाडि विवाहको औँठी खरिद गर्ने सानो काम थियो ।

विवाहको मात्र १ साताअघि उनीहरुले सपिङ जाने निर्णय गरे । ‘हामी सपिङका लागि सानो मलमा गयौं र हाम्रो हैसियतले भ्याएसम्म पाण्डोराको गहना किन्ने योजनामा थियौं’ एरियलले भनिन् ।

‘त्यहाँ एक महिला थिइन्, जो एकदमै राम्री र सहयोगी थिइन् । र हामीले त्यहाँ १३० डलर पर्ने विवाहको औँठी मन परायौं ।’

तर, जव त्यस पसलकी अर्की एसिस्टेन्टले हामीले औँठी किनिरहेको देखिन्, उनले केहि असामान्य टिप्पणी गर्न थालिन् । एरियल भन्छिन्, ‘ती महिला हामीतिर आइन् र मेरा हुनेवाला पतिकै अगाडि भन्न थालिन् कि तपाईं विश्वास गर्न सक्नुहुन्छ कुनै पुरुषले विवाहको औँठीको रुपमा यो देओस् ? कस्तो लाजमार्दो । मेरा प्रेमीले त विवाहको औँठीका लागि अहिले नै ३० हजार डलर सुरक्षित राखेका छन् ।’

wedding-jodi

‘त्यसपछि म भावशून्य भएँ । मेरा हुनेवाला पतिको अनुहार पनि उस्तै थियो । उनको अनुहारमा हुनेवाला श्रीमतीका लागि आकर्षक औँठी किन्न नसकेको ग्लानी स्पष्ट देखिन्थ्यो ।

पसलेको त्यस्तो व्यवहारपछि एरियलले तत्काल जवाफ दिइन् कि ‘औँठीको साइजले मलाई कुनै असर गर्दैछ, तर यहाँ कुरा मायाको हो ।’

‘त्यसपछि उनले मलाई घुरेर हेरिन् र अर्कोतर्फ लागिन् ।’

एरियलको यो कथा त्यतिबेला सार्वजनिक भयो, जतिवेला उने आफ्ना सबै अनुभव फेसबुकमार्फत सेयर गरिन् ।

उनी भन्छिन्, ‘मैले गत बर्ष यस्तै लेख पढेको थिएँ कि जहाँ विवाहको औँठीलाई लिएर परिवार र साथीभाइले कस्तो निच सोच्छन्, त्यसले मलाइ पनि केहि लेख्न प्रेरित गर्‍यो ।

उनले फेसबुकमा पोष्ट गरेको आफ्नो अनुभवको सबैतिरबाट सराहना भएको छ । धेरैले त्यस पसलेलाई गाली गरेका छन् ।

उनको त्यो पोष्ट यति हिट भएको छ कि पोष्ट गरिएको एक दिनमा १०० सेयर भएको थियो भने तेस्रो दिन ४५ हजारले सेयर गरेका थिए ।

उनले भनिन्, ‘म यति अचम्भित भएँ कि मुस्किलले ३० लाइक आउने मेरो फेसबुकमा यो पोष्टबाट ६३ हजार लाइक आएको छ भने अहिलेसम्म ५३ हजारले सेयर गरेका छन् ।’

यो युवा जोडीको आगामी योजना के छ त ? उनीहरुले ज्याक्सनमा रहेको आफ्नो गाउँमा विवाहको पहिलो बर्ष बिताउन चाहन्छन् । एरियलले भनेकी छन् कि मानिसहरुले विवाहको औँठी यस्तो किनुन् जति उनीहरुको हैसियतले दिन्छ ।

तर, भविश्यमा एरियल र क्वीन्ले महंगो औँठी किन्ने हैसियत राखे भनेपनि उनीहरुले त्यस्तो कहिल्यै गर्नेछैनन् । ‘यो औँठीले हाम्रो माया बर्णन गरेको छ’ एरियल मन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment