Comments Add Comment

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ५२ को मृत्यु

earthqueak-indinesiya1

२२ मंसिर, काठमाडौं । इण्डोनेसियाको उत्तरी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

६.५ रेक्टर स्केलको भूकम्पका कारण आचे प्रान्तमा ठूलो क्षति भएको छ । सयौं घरहरु भत्किएका छन् । र, अहिले पनि केही मानिस भग्नावशेषमा पुरिएको आशंका छ ।

तर, इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामीको भने कुनै खतरा नरहेको बताएको छ ।

स्न २००४ मा आभे प्रान्तमा ९.४ रेक्टर स्केलको भूकम्पपछि आएको विनाशकारी सुनामीका कारण १ लाख ६० हजार भन्दान बढी मानिसको मृत्यु भएको थियो ।

अधिकारीहरुका अनुसार भूकम्पमा परी ७० जना गम्भीर घाइते भएका छन् । सामान्य घाइतेको संख्या सय भन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment