Comments Add Comment

म्याग्दीको सुन्तलाको माग अत्यधिक

orange-suntala
२२ मङ्सिर, बेनी (म्याग्दी) । म्याग्दीको सुन्तलाको पोखरा र काठमाडाैंमा माग अत्यधिक बढेको छ । जिल्ला बाहिरबाट माग आउन थालेपछि यहाँका किसानलाई बिक्री गर्न भ्याइनभ्याई छ । अन्यत्र जिल्लाबाट माग आएपछि उनीहरु उत्साहित भएका छन् ।

बेनी नगरपालिका– १३ बास्कुना, भकिम्ली, मरेक, राखु, बरङ्जालगायतका ठाउँको सुन्तला बढी स्वादिलो भएका कारण बजारमा बढी माग रहेको बास्कुनाका सुन्तला कृषक वीरबहादुर थापाले बताए । बास्कुनाबाट सोमबारसम्म १० मेट्रिक टन सुन्तला पोखरा र काठमाडौँ पठाइएको छ । गत वर्ष बास्कुनाबाट १६ लाखको सुन्तला बिक्री भएको थियो ।

किसानले बोटबाटै प्रतिकिलो ७० देखि  ७५ रूपैयाँ सम्ममा बिक्री गरेका छन् । बास्कुना, भकिम्लीको मरेक, राखु, बरङ्जा, ताकम, बिम, मुदी, घार, हिस्तान, दोवा, नारच्याङ गाविस सुन्तला उत्पादनका पकेटक्षेत्र रहेका जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भोजबहादुर थापा बताउँछन् ।

यहाँका किसानले सुन्तलाबाट वार्षिक रु ४० हजारदेखि रु ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्ष जिल्लामा  सात करोड ३० लाख १० हजार रूपैयाँ बराबरको दुई हजार ८६ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment