Comments Add Comment

एनआईसी एसियाले थाल्यो अन्तर बैंक फण्ड ट्रान्सफर

२२ मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल क्लियरीङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा इन्टरनेट बैंकिङ्ग सेवामार्फत अन्तर बैंक फण्ड ट्रान्सफर गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

nic-asiaसेवाको सञ्चालनले बैंकका ग्राहकहरुले बैंकको इन्टरनेट बैंकिङ्ग सुविधामार्फत सजिलैसँग ६० भन्दा बढी बैंक तथा बित्तीय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सक्नेछन् ।

एनआईसी एसिया यसरी इन्टरनेटमार्फत सोझै फण्ड ट्रान्सफर गर्न मिल्ने सेवा ल्याउने पहिलो बैंक भएको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम सेवा एबम् सुविधा उपलब्ध गराउने बैंकको उद्देश्यकोे निरन्तरताको रुपमा यो सेवा ल्याइएको हो ।

बैंकको बैंक पनि, साथी पनि’’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै ल्याइएको यस नविनतम् एवम् सहज सेवाबाट बैंकका ग्राहकहरुले आफ्नो घर-दैलोबाट नै सहज बैंकिङ्ग सेवा सुविधा उपलव्ध गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment