Comments Add Comment

अब भारतबाट पनि अक्सिजनमार्फत आइएमईको सेवा

ime-oxigen-1
२२ मंसिर, काठमाडौं । भारतबाट नेपालमा पैसा पठाउन चाहनेले अब भारतीय रेमिट्यान्स सेवा प्रदायक कम्पनी अक्सिजनबाट नेपालमा सहज रुपमा पठाउन सक्ने भएका छन् ।

यसअघि बैंकमार्फत रकम पठाउनुपर्ने बाध्यता थियो । आइएमआई ग्रुपले अक्सिजनसँग सहकार्य गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।

यो सेवा सुरु भएसँगै भारतमा रहेका अक्सिजनका विभिन्न साखाबाट पठाएको रकम आइएमईका शाखा तथा ग्लोबल आइएमई बैंकका साखाबाट सजिलै प्राप्त गर्न सकिने भएको छ ।

ime-oxigen-3
नेपालमा ग्लोबल आइएमई बैंकका ५ हजार ४ सय स्थानमा एजेन्ट तथा साखा उपलब्ध छन् । त्यस्तै भारतमा भने अक्सीजन सबैभन्दा ठुलो रेमिट्यान्स सेवाप्रदायक कम्पनी हो ।

आइएमईका सिइओ सुमन पोखरेलले अहिले नेपालीहरुले भारतीय बजारमा गएर सामान किन्दा डलर बेचेर भारु खरिद गर्ने गरेको जानकारी दिए । अहिले नेपालमा पैसा पठाउँदा कैयनले हुण्डीमार्फत पैसा पठाइरहेका छन् ।

उनले भने ‘अब यो सेवा सुरु भएपछि नेपालीहरुले भारतबाट सहज र सुरक्षित रुपमा पैसा पठाउन सक्नेछन् । ‘

ime-oxigen-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment