Comments Add Comment

विद्युत प्राधिकरणका तीन सञ्चलकले बुझे प्रष्टीकरणको पत्र

nea-operation-board
२२ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकले उर्जा मन्त्रालयमा पुगेर स्पष्टीकरणको पत्र बुझेका छन् । सार्वजनिक रुपमै स्पष्टीकरण सोधिएपछि उनीहरु पत्र बुझ्न बुधबार मन्त्रालयका पुगेका हुन् ।

उनीहरुले स्पष्टीकरण पत्र बुझ्न अस्वीकार गरेपछि उर्जा मन्त्रालयले पत्रिकामा सूचना नै प्रकाशित गरेको थियो । पत्रिकामा नाम आएपछि विद्युत प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेले बुधबार मन्त्रालय पुगेर प्रष्टिकरण पत्र बुझेका छन् ।

तीन सञ्चालकमाथि लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङललाई असहयोग गरेको आरोप छ । उनीहरुले अवैधानिक रुपमा सञ्चालक समितिको बैठक बसेर घिसिङलाई विभिन्न आरोप लगाउँदै प्रचारबाजी गरेका थिए ।

उनीहरुले प्राधिकरण प्रमुख कुलमानले अघि सारेको प्राधिकरण सुधार एवम् कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्ताव बोर्डबाट पारित गर्न दिएका थिएनन् भने अख्तियारमा उजुरी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment