Comments Add Comment

प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने एमाले नेता कार्यकर्ता पक्राउ

dhangadi-aamdolan

२२ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोधमा प्रदर्शनमा उत्रिएका कैलाली जिल्लाका एमाले अध्यक्ष दीर्घ सोडारीसहित ७० नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सुदुरपश्चिम महोत्सव उद्घाटनका लागि बुधवार अपरान्ह कैलाली पुगेका प्रचण्डलाई अबरोध गर्न खोज्दा उनीहरु पक्राउ परेका हुन् । धनगढीमा शुरु भएको महोत्सव स्थ्ल बाहिरबाट एमालेका नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला अध्यक्ष सोडारीसहित सचिव रणवहादुर चन्द,यज्ञराज बास्तोला,युवा संघ केन्द्रीय सदस्य मदन रेग्मी, कैलाली अध्यक्ष चूडामणि भट्ट, बसन्ती चौधरी लगायत छन् ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । एमालेले बुधवार धनगढी बन्द आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment