Comments Add Comment

हिमेशको अफेयर चलेपछि पत्नीले मागिन् डिभोर्स

himesh-and-his-wife
बलिउडमा अहिले डिभोर्स मौसम नै चलेको छ । एकपछि अर्को सफल जोडी डिभोर्सका लागि अदालतमा पुगिरहेका छन् । गायक तथा नायक हिमेश रेशमियाले पनि पत्नी कोमलसँग डिभोर्सका लागि अदालती प्रक्रिया सुरु गरेका छन् । बान्द्रास्थिती फेमिली कोर्टमा अहिले यी दुइको मुद्दा चलिरहेको छ ।

यी दुई केहि समयदेखि अलग बस्न थालेको भारतीय मिडियाको दाबी छ । हिमेशको बाहिरी यूवतीसँग अफेयर सुरु भएपछि दुइ जनाविच सम्बन्धमा दरार आएको थियो । यस बिषयमा हिमेशले भनेका छन्-कहिले कहिले जीन्दगीमा एक अर्काविचलाई सम्मान निकै महत्वपूर्ण हुन्छ ।

हामी यहि सम्मान हाम्रो सम्बन्धलाई दिन्छौ । म र कोमल एक अर्काको सल्लाहामा नै अलग हुँदैछौ ।’ यो निर्णयमा कुनै पनि समस्या नभएको हिमेशको भनाई छ । यस्तै, कोमलले पनि एक अर्काको सम्मान गर्ने र आपसी समझादरीमा नै अलग भएको बताएकी छिन् । हिमेशको टेलिभिजन कलाकार सोनिया कपुरसँगको प्रेम सम्बन्धलाई डिभोर्सको मुख्य कारण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment