Comments Add Comment

नेपाली महिला टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

womens-footballer

२२ मंसिर, काठमाडौं । साफ च्याम्पियनसीपको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी पुस २ गते मलेसियाको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

नेपाल र मलेसियाबीचको खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

नेपालको प्रस्ताव स्वीकार गर्दै मलेसियाली टोली नेपालसँग फुटबल खेल्न मंसिर ३० गते काठमाडौं आइपुग्ने एन्फाले जानकारी दिएको छ ।

नेपाली राष्ट्रिय टिमका तीस खेलाडीहरु दिनको दुई सत्रको अभ्यासमा छन् । मूख्य प्रशिक्षक कुमार थापा र सहायक प्रशिक्षक अमृता खवास छन् ।

आगामी पुस ११ गतेदेखि सिलीगुडीमा हुने महिला साफ च्याम्पियनसीमा नेपालले सहभागिता जनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment