Comments Add Comment

नवराज सुवेदीको आरोप-देश बिभाजन गर्ने नियतले संविधान संशोधन बिधेयक ल्याइयो

२२ मंसिर, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं उच्च स्तरीय कार्यसम्पादन समितिका सदस्य नवराज सुवेदीले अहिलेको संविधान संशोधनको प्रस्ताव नेपाललाई टुक्रायाउने नियतले संसदमा पेस भएको आरोप लगाएका छन् ।

Nabaraj-Subediपूर्व राष्ट्रि पन्चायतका अध्यक्ष समेत रहेका सुवेदीले भारतको इसारामा नेपाललाई विभाजन गर्ने गरी पहाड र मधेश छुट्याएर संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएको उनले बताए ।

राप्रपा र राप्रपा नेपाल रामेछापको एकता सभालाई सम्बोधन गर्दै सुवेदीले नेपालका ठूला राजनीतिक दलका नेताहरु अहिले भारतीय दुतावासमा लम्पसार परेको बताए । उनले पञ्चायत कालमा आफू उद्योग तथा वाणिज्य मन्त्री भएको बेला वाणिज्य सम्झौता गर्न भारत गएको प्रशंग कोट्याउँदै भारतले भनेको नमान्दा सम्झौतै नगरी फर्किएको बताए ।

‘त्यसबेल मन्त्री स्तरमा सहमति नभए पछि त्यहाँका वाणिज्य मन्त्रीले मलाई इन्दीरा गान्धीलाई भेट्न भने । तर म उनलाई भेटी फर्किए’, उने भने ‘हामीले राष्ट्रियताको पक्षमा त्यसरी अडान लियौ । अहिले सबै लाइन लागेर भारतीय दुतावसामा लम्पसार परेका छन् । कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य आङछिरिङ शेर्पाले घोर दक्षिणपन्थि र घोर वामपन्थि टकरावले देश सिक्किमीकरणतर्फ उन्मुख भएको बताए ।

एकता सभालाई केन्द्रिय सदस्य एजी शेर्पा, सोवित उप्रेती, वलबहादुर केसी, लालध्वज लामा, सावित्री श्रेष्ठ, पूर्व सभासद दालकुमारी सुनुवार लगायतले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रम राप्रपा नेपालका जिल्ला अध्यक्ष मणिराज तामाङ र राप्रपाका जिल्ला अध्यक्ष आङनिमा शेर्पाको अध्यक्षतामा भएको थियो । एकाता भेलाले तामाङलाई पार्टीको वरिष्ठ जिल्ला अध्यक्ष र शेर्पालाई कार्यकारी अध्यक्ष तोक्ने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment