Comments Add Comment

सीमांकन हेरफेर विरुद्ध पाल्पामा कांग्रेस सहित सबै दल र व्यवसायी सडकमा

palpa-aandolan

२२ मंसिर, पाल्पा । पाल्पा लगायत पहाडी जिल्लालाई तराईबाट अलग गरिएको बिरोधमा जारी आन्दोलनमा सत्तारुढ नेपाली कांग्रेसले संस्थागत सहभागिता जनाएको छ । कांग्रेसकै नेतृत्वमा पाल्पामा आन्दोलन चर्किएको छ ।

कांग्रेस, प्रमुख विपक्षी नेकपा एमाले लगायत ६ राजनीतिक दल, उद्योग वाणिज्य संघ,नागरिक समाज र पेशागत संघ संगठनहरुको संयुक्त आह्वानमा जारी पाल्पा बन्द शनिवारसम्म कायमै रहने भएको छ ।

संयुक्त युक्त सघर्ष समितिको बुधवार सम्पन्न बैठकले विधेयक फिर्ता नलिदा सम्म पाल्पा बन्द रहने निर्णय गरेको एमाले नेता देवी बस्यालले बताए । आन्दोलन रचनात्मक बनाउन व्यंग्य गीत कविता गजल वाचन ,मानव साङ्लो निर्माण र जिल्ला प्रशासन घेराउ गरिने भएको छ ।

बुधवार आन्दोलनकारीले बिहान ९बजे देखि ५बजे सम्म जिल्ला प्रशासन पाल्पा दरवार घेराउ र धर्ना गरेका छन । आन्दोलनमा एमाले केन्द्रीय सदस्य ठाकुर गैरे, नेपाली कांग्रेसका जिल्ला सभापति वीरवहादुर राना मगर, एमाले अध्यक्ष नारायण आचार्य,उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठ लगायत अग्रपंक्तिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment