Comments Add Comment

यी रोगको जोखिम घटाउन दिनमा एक मुठी बदाम खानुस्

badam

२२ मंसिर, काठमाडौं । गम्भीर प्रकृतिका विभिन्न रोगहरूको जोखिम कम गर्न बदाम खानुु निकै फाइदाजनक हुने एक अध्ययनले देखाएको छ । हरेक दिन एक मुठी बदाम खाएमा मुटु रोगदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम कम गर्ने सो अध्ययनमा उल्लेख छ ।

बिएमसी मेडिकल जर्नलमा प्रकाशित अध्ययनलेयस्तो जनाएको हो । लन्डनस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ता तथा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले संयुक्त रुपमा गरेको उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले पहिले प्रकाशित भएका विभिन्न २९ वटा अध्ययनको विश्लेषण गरेका थिए ।

सो अध्ययनबाट अनुसन्धानकर्ताहरुले जो मानिस हरेक दिन एक मुठी बदाम खान्छ, उनीहरुमा मुटु रोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या, मधुमेह लगायत संक्रमणको जोखिम कम हुने पत्ता लगाए ।

यसको लागि उनीहरुले आठ लाख मानिसबाट तथ्यांक संकलन गरेका थिए, जो पिनट बदाम, ओखर, कटुस लगायत विभिन्न प्रकारका बदाम खान्थे । उक्त तथ्यांकले उनीहरुमा मुटु रोगका कारण हुने मृत्युको जोखिमलाई ३० प्रतिशतसम्म तथा क्यान्सर रोग १५ प्रतिशतले कम गरेको पाइयो । यस्तै, बदाम खाने मानिसमा अकाल मृत्युको जोखिम २२ प्रतिशतले कम गरेको पाइएको थियो ।

बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको लागि राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक पर्ने खनिज तत्व भरिपूर्ण हुन्छ । त्यसैगरी, ओखर, पिकान लगायतका अन्य बदामले क्यान्सर रोग विरुद्ध एन्टी अक्सिडेन्टको काम गर्छ ।

पहिले गरिएका अध्ययनहरुमा नुनिलो वा नुनिलोरहित बदाममध्ये कुनले फाइदा गर्छ भन्ने उल्लेख गरिएको थिएन । अनुसन्धानकर्ताले बदाम नै नखानुभन्दा नुनिलो बदाम नै भए पनि खानु फाइदाजनक हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment